टमाटर फल ( Fruit) हो कि सब्जी ( Vegetable) हो - भन्ने बारेमा अमेरिकी सर्वोच्च अदालतमा मुद्दा परेको थियो।
किन मुद्दा पर्यो र के भएको थियो?
सन् १८९३ को निक्स भर्सेस हेडेन (Nix v. Hedden) मुद्दा अमेरिकी कानुनी इतिहासमा एउटा अत्यन्तै रोचक र महत्त्वपूर्ण नजिर हो। यसले कानुनको व्याख्या गर्दा प्राविधिक वा वैज्ञानिक परिभाषाभन्दा 'सर्वसाधारणको बुझाइ र व्यावहारिक अर्थ' (Common Parlance) लाई प्राथमिकता दिनुपर्छ भन्ने सिद्धान्त स्थापित गर्यो।
सन् १८८३ मा अमेरिकामा Tariff Act of 1883 लागू भएको थियो। यो कानुन अनुसार बाहिरबाट आयात गरिने ताजा तरकारीहरूमा १० प्रतिशत Duty लाग्ने व्यवस्था गरिएको थियो, तर ताजा फलफूलहरूलाई भने Duty Free गरिएको थियो।
सन् १८८६ मा John Nix र उनको परिवारको आयातकर्ता कम्पनीले West Indies बाट न्युयोर्क बन्दरगाह हुँदै ठुलो परिमाणमा टमाटर आयात गर्यो। न्युयोर्क बन्दरगाहका कर अधिकारी Edward Hedden ले टमाटरलाई 'तरकारी' वर्गीकरण गर्दै १० प्रतिशत कर असुल गरे। व्यापारी निक्सले टमाटर वैज्ञानिक रूपमा 'फल' भएकोले कर लाग्नु हुँदैन भन्दै अदालतमा मुद्दा दायर गरे।
यो मुद्दा तल्लो अदालत हुँदै अमेरिकाको Supreme Court सम्म पुग्यो। बहसमा दुवै पक्षले शब्दकोशको सहारा लिएका थिए:
निक्स (व्यापारी) र उनीहरूका वकिलले वेबस्टर र अन्य प्रख्यात शब्दकोशहरू पढेर सुनाए, जहाँ टमाटर, बोटबिरुवाको फूलबाट विकसित हुने र भित्र बीउ हुने भएकाले यसलाई 'फल' भनिएको थियो। उनीहरूले भान्सामा जेसुकै गरियोस्, वस्तुको प्राकृतिक पहिचान बदलिँदैन भन्ने तर्क गरे।
हेडेन (सरकार) को तर्क: सरकारी वकिलले पनि शब्दकोशकै प्रयोग गरेर Vegetableको परिभाषा पढे, जसमा भनिएको थियो - भान्सामा तरकारीको रूपमा पकाइने वा खाइने बिरुवा वा बिरुवाका भागहरू Vegetable हुन्। साथै सरकारी पक्षका वकिलले टमाटरलाई कर छुट दिँदा ठूलो कर गुम्ने समेत बताए।
दुबै पक्षको दलिल सुनेपछि Supreme Court का
न्यायाधीश Justice Horace Gray ले सरकार (कर अधिकारी) को पक्षमा फैसला सुनाए।
अदालतले आफ्नो निर्णयमा मुख्य तीनवटा बुँदाहरू उल्लेख गरेको थियो:
व्यावहारिक अर्थको सिद्धान्त: न्यायाधीश ग्रेले लेखे, "शब्दकोशमा टमाटरलाई फल भनिएको भए तापनि, व्यापार र दैनिक बोलीचालीमा यसलाई फलको रूपमा बुझिँदैन। कानुन बनाउँदा संसद्ले जनताको सामान्य बुझाइको भाषा प्रयोग गर्छ, वैज्ञानिक वा प्राविधिक भाषा होइन।"
भान्साको प्रयोग (Culinary Context): अदालतले भन्यो कि फलफूललाई सामान्यतया मानिसहरूले खानापछि 'डिजर्ट' (Dessert) वा गुलियो परिकारको रूपमा काँचै खान्छन्। तर, टमाटरलाई आलु, सलगम, गाजर वा बन्दाकोभी जस्तै मुख्य खानाको परिकार (Soup, Stew वा तरकारी) बनाउन पकाइन्छ वा सलादमा नुन-मसला हालेर खाइन्छ।
अन्य उदाहरणहरू: अदालतले मटर (Peas), सिमी (Beans) र काँक्रो (Cucumber) पनि वनस्पति शास्त्रका अनुसार फल नै हुन्, तर समाज र कानुनले यिनीहरूलाई 'तरकारी' नै मान्छ भन्दै टमाटर पनि सोही श्रेणीमा पर्ने स्पष्ट पार्यो।
अदालतले - टमाटर वनस्पति शास्त्रका अनुसार फल नै हुन् र रहनेछन्, तर समाज र कानुनमा टमाटर लगायत शब्जीको रुपमा खाइने चीजहरू 'तरकारी' हुनेछन् भन्ने आफ्नो अन्तिम फैसला सुनायो।
टमाटर र आलु आयातित तरकारी हुन्। केही पुस्ता अगाडिका हाम्रा पुर्खाले आलु र टमाटर खान त के देख्न नि पाएका थिएनन्।
भारतको गोवामा १७ औ सदीमा पोर्चुगिजले टमाटर ल्याए पछि १९ औ सदीमा यो फैलियो। यसमा भारतमा रहेका ब्रिटिश शासककोे हात छ।
पहिले लाम्चो प्रकारको टमाटर आएको थियो, जसलाई भारतमा "बेलायती भन्टा" भनिन्थ्यो।
आलु र टमाटरले खाद्य संस्कृतिमा कस्तो प्रभाव पारेको छ? तपाईंलाई के लाग्छ??
@sobita465 फलाम होस् अथवा आल्मुनिएमको झाल ढोकाको सेक्सन सबैको को लम्बाई 19.6 फिट देखि 20 फिट सम्म हुन्छ, 20 फिटे गाडी भित्रि बाटो मा मोड पुग्दैन बोक्ने भनेको हात्ती गाडी, बुलेरो, डियो, रिक्सा ले हो पहिले पहिले त अहिले राखेको जस्तो पछाडी रातो कपडा पनी हुदैन थियो अहिले सुधार भएछ धन्यवाद
जब राजनीतिज्ञहरू आतंककारी समूहहरूसँग मिलेर सरकार बनाउँछन्, देश अस्थिरता, दण्डहीनता, आर्थिक संकट, र अन्तर्राष्ट्रिय अविश्वासको शिकार हुन्छ। जनताले सरकारमा विश्वास गुमाउँछन्, कानुनी शासन कमजोर बन्छ, र दीर्घकालीन विकास अवरुद्ध हुन्छ। स्थायित्व र प्रगति सुनिश्चित गर्न स्वच्छ असल अभिभावक सहितको लोकतान्त्रिक शासन आवश्यक छ।
जुन दिन सन्सार बाट नारीको सम्मान र माया हराउनेछ त्यो दिन पुरुषको अस्तित्व हराउनेछ । नारीको माया ले सन्सार थामेको छ किन कि नारीको मायामा स्वार्थ हुदैन । मेरो आफ्नो बिचार हो । कसैलाई मन नपरे माफ गर्नु होला ।✍️
रुकुम मैकाेट !
रुकुम पूर्वकाे पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ काे मैकाेट गाउँ । पर्यटकीय दृष्टिकाेणले याे गाउँले ठुलाे सम्भावना बाेकेकाे छ भने चलचित्र खुस्मामा सामेल ‘रुकुम मैकाेट’ बाेलकाे गीतले याे गाउँकाे चर्चा देश विदेशमा चुलिएकाे छ