उनीहरुकै कारण अर्काको देशमा नोकरी गर्न बाध्य बन्यो अनि फर्किएपछि उनिहरुकै जयजयकार गर्यो,दाजुभाई दाजुभाई भिड्यो,छिमेकी छिमेकी पानी बाराबार गर्यो, सामाजिक सञ्जाल ततायो अनि उनीहरुलाई पुन जिम्बेवारी सुम्पियो।
छातीमा हात राखेर मनन गरौँ त देश कसरी हामीले नै पछाडी धकेलिरहेका छौँ।
फुटबलमा एउटा भनाइ छ नि "ब्राजिलका खेलाडीहरूले विपक्षी ११ खेलाडीसँग मात्र होइन, २० करोडभन्दा बढी समर्थकको अपेक्षासँग पनि खेलिरहेका हुन्छन्।" यही अपेक्षाले कहिलेकाहीँ प्रतिभालाई प्रेरणा दिन्छ, र बोझ पनि बनिदिन्छ।विश्वकप जित्नैपर्ने सोच सहितको दवावमा खेल्दा अपेक्षाकृत हुन सकेन।
पश्चिम एसियामा भैरहेको युद्द,यसले उर्जा क्षेत्रमा पारेको प्रभाव र नेपाल जस्तो परनिर्भर मुलुकले उर्जा संकटबाट बच्न चाल्नुपर्ने आगामी रणनीति केके हुन सक्लान? एक एक लाईनमा आफ्नो विचार व्यक्त गर्नुहोस।
सरकारी निकायमा नागरिकका डेटा छरिएर रहेकाले यसको समन्वयका लागि DPI को माग भएको र यस सम्बन्धी कार्यको लागि सरकार अगाडि बढेको भन्ने समाचार अति नै सर्हानीय छ।
प्रदेश संरचना सित्तैमा जुवा खेल्दा पाएको सम्पत्ति त होइन होला? संविधान प्रदत्त राज्य संरचना पो हो त। यसको सबलीकरण गर्नेतिर भन्दा आफ्नो विकास मात्र हेर्ने राजनीतिज्ञ र कर्मचारी भएसी कसैको केही लाग्दैन।
प्रभावकारी नीति नहुनु, संघीय उच्च पदस्थ कर्मचारीको प्रदेश प्रतिको दृस्टिकोण घटिया हुनु, राज्यले नै केन्द्रीकृत सोच राख्नु, प्रदेश सचिवहरु पर्यटक भएर निम्तिनु तथा प्रदेश प्रती बफादार नै नहुनु जस्ता कुराले प्रदेशमा समस्या निम्तिएको छ। जसले भोगेको छ उसले बुझेको हुन्छ।