कुशासन र भ्रस्टाचारको परिणाम अफगान राष्ट्रपती र उपराष्ट्रपती देशबाट भाग्नु परेको छ। अफ्गानिस्तान अब अतिबादी तालिवानको हातमा जाने निस्चित। यो राम्रो त होइन तर संसारलाई ठुलो पाठ चाँही हो।
सांस्कृतिक संस्थान सञ्चालक समितिका अध्यक्ष श्री प्रेमनाथ अधिकारीज्यूसँग संस्थानको आन्तरीक सुधार तथा मर्मत कार्यको अवलोकन गर्दै। सेवा प्रवाह, कार्यशैली, सजावट, सहजता, व्यावहार सबै दृष्टिले सांस्कृतिक संस्थान तपाईंहरुले चाहेजस्तो बनाउने अभियान अन्तिम चरण पुगेको छ।
२०७७ माघ १८
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको अवलोकन गर्ने क्रममा। समय र संयोजनका लागि संग्रहालयका कार्यकारी निर्देशक श्री भेषनारायण दाहालका साथै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मी बस्नेतलगायत सम्पूर्ण कर्मचारी साथीहरुलाई हार्दिक धन्यवाद।
२०७७ माघ ११
निवर्तमान् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ वास्तवमै स्वच्छ छवी भएका व्यक्ति हुन्। जानेर बोलेको हो वा अन्जानमा, गलत त थियो नै । नियत त्यस्तो थियो जस्तो लाग्दैन। जे होस यतिको इमान्दार र नैतिकताको राजनीति गर्ने मान्छे कति होलान्? राजनीति गर्नेले सिक्न जरुरी छ।