शारीरिक दुर्बलताका लागि विभिन्न प्रकारका तागतिला खानपान वा खुराक उपलब्ध हुन सक्लान् तर कमजोर मनलाई केवल आत्मविश्वास, साहस, सकारात्मक सोच र हौसला जस्ता भित्री उर्जाले मात्र उकास्न सक्छ।
शुभ विहानी🌻शुभ दिन ❤️🙏
अन्तरिक्षको सुन्यतामा जस्तो स्थिरता कहाँ हुन्छ र यहाँ!! धर्तीको संगत गरेपछि त आँधी, तुफान, ज्वालामुखी, भुकम्प अनि महामारी जस्तो अप्रिय कुराहरूको पनि सामना गर्नु पर्छ!!
जो मानिस आफ्नो आनिबानी र व्यबहारलाई सही साबित गर्न हठ वा जिद्धिको सहारा लिन पाउँदा जीतको महसुस गर्छ उसमा कुनै न कुनै मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ किनभने वास्तविक जीत त अरुको असल बानी, आचरण र अनुशासन आफुमा पनि समाहित गर्नसक्नेको भइरहेको हुन्छ।
शुभ विहानी 🌻शुभ दिन❤️🙏
अहिलेको सरकारले सुशासन प्रबर्द्धका लागि गरीरहेका कामहरूमा एउटा तुरुन्तै र प्रभावकारी रूपमा गर्नुपर्ने अर्को काम लागूपदार्थ तस्करी पूर्ण रूपमा बन्द गर्नु रहेको छ। युवाहरू कुलतमा फस्दै परिवार र समाज तहसनहस भैरहेको अवस्था छ@ShahBalen
जसरी ढुङ्गाहरू आपसमा जोडिदा एउटा विशाल र मजबूत महल बन्न सक्छ तर आपसमा ठोकिन पुग्दा टुट्ने, फुट्ने, चोइटिने वा आगो उत्पन्न हुने अवस्था आउँछ त्यसैगरी मानिसको जिवन पनि मिलेर अगाडि बढ्दा मात्र सर्वत्र सुख, शान्ती र समृद्धितर्फ अगाडि बढ्छ।
शुभ विहानी🌻शुभ दिन❤️🙏
धेरै नरम हुँदा अडिन नसकिने डर रहने र अति कठोरपनमा आवश्यकता अनुसार मोडिन नसक्दा भाचिनु पर्ने अवस्था आउने हुँदा आफुलाई स्वाभिमानी भई ठाडो उभिन एवं घमण्ड परित्याग गरी निहुरिन, झुक्न मिल्ने बनाउनु नै उत्तम हुन्छ।
मानिसले आफ्नो आवश्यकता पुरा गर्न जीवनमा केही न केही त गर्न परेकै हुन्छ तापनि आफु एबं अरूको हितको लागि थप राम्रो गर्ने चुनौती सबैको अगाडि हुन्छ! जीवन यात्रामा सबैले दौड लगाउने भएपनि प्रतियोगी एबं आफुलाई ठक्कर नलगाई सहकार्य गर्दै जीत हासिल गर्ने चुनौती सामना गर्न सक्नु पर्छ।
बादलको कुनै आकार नहुने र हावाहुरीले जतासुकै बढार्न सक्ने भएपनि एकत्रित हुँदै आकाशमा विभिन्न आकृति बनाई सूर्यलाई समेत छेकी धर्तीमा वर्षा गराउन सक्षम भएजस्तै हामीले पनि आपसमा एकता र भाइचाराको विकास गरी सामुहिक शक्तिको उपयोगबाट छुट्टै पहिचान बनाउन सकिन्छ।
पानीको थोपा नदीमा पर्दा गंगाजल, झारमा शीतको रूपमा मोती समान चम्किलो, तातो तावामा खस्दा अस्तित्वहीन एबं फोहरमा ढलको रूपमा देखिई उही कुराले फरक परिबेशमा बेग्लै पहिचान बनाइरहेको हुन्छ। ठिक यसैगरी संगत, सहपाठी र समाजको निकटता अनुसार मानिसको व्यक्तित्व कस्तो हुने भन्ने कुरा तय हुन्छ।
छिटो आकाश छुने अभिलाशा र आफुलाई बलशाली देखाउने प्रतिस्पर्धाका कारण उडान भर्न योग्य नभएको चराले पखेटा बढी फड्फड गरेजस्तै विवेकहीन र आलाकाँचा मानिसहरू सतही ज्ञानको आधारमा आफुलाई अब्बल देखाउन सँधै अग्र भागमा रहने गर्दछन्।
शुभ विहानी शुभ दिन❤️🙏
खोलाले अचानक धार परिवर्तन गरेर सँधै बगेको ठाउँलाई उजाड बगर बनाउँदै अर्कोपट्टि बहाव कायम गरेजस्तै हुन्छन् कतिपय मानवीय सम्बन्धहरू पनि! सुबिधा अनुसार नजिकिने अनि स्वार्थ पुरा भएपछि परित्याग गरीअर्कोपट्टि हिँड्ने।
शुभ विहानी🌻शुभ दिन❤️🙏
एउटै काम गरिरहेका फरक मानिसलाई त्यो कर्म किन गरिएको छ भन्ने जिज्ञासामा कसैले झिज्याहट मान्छ भने उसले त्यो कामप्रति पीडाबोध गरेको, कसैले कारण बतायो भने उसले कर्तव्यबोध गरेको र कसैले अवसरको रूपमा परिभाषित गरेमा सुःख बोध गरेको भनी बुझ्नुपर्छ।
शुभ विहानी🌻शुभ दिन❤️🙏