बरू प्रचण्ड नै ठीक। आफूलाई अध्यक्ष बनाएर दुई दिनमै महाधिवेसन सक्दिन्छन्। चाहिए जतिलाई पदाधिकारी र केन्द्रीय सदस्य बाँड्दिन्छन्। टन्टै खत्तम। नयाँ भनेर टिमुर्किन भएन के, काम लाग्ने कुरा त अग्रजबाट पनि सिक्नु पर्छ! 😋
गगनले बाँडेको अनुभव, उनले खुलाएका पराजयका आन्तरिक कारण र प्रश्नहरू जीवित राख्नु पर्छ भन्ने ज्ञान भर्खर संस्थागत हुन लागेको पार्टीका लागि राम्रो सिकाई हुन पर्ने हो।
विज्ञान तथा प्रविधि मन्त्रीले त यस्सो सेन्सर टच भएको ईण्डक्सन, ईन्फ्रारेड चुलो, एअर फ्राएर र नन स्टिकी भाँडाकुँडा लैजानु नि। उहि पुरानै पाराको आधा भरेको सिलिण्डर र स्टीलका भाँडाकुँडा बोकेर मन्त्रालय छिरेछन्! 😁
नयाँ मन्त्री महावीर पुनले ‘म पासोमा परेको हो’ भन्दै फेब्रिकेटेड स्टेटमेन्ट दिन भएन क्या। ‘मैले जिम्मेवारी लिएको हो, प्रधानमन्त्रीले पनि विश्वास गरेको हो र म यो जिम्मेवारीलाई विवेकसम्मत तरिकाले निर्वाह गर्छु’ भन्ने प्रतिवद्धतामा देखिनु परो क्या। मन्त्री हुनु भनेको पासोमा पर्नु होइन, जनप्रतिनिधी भएर जनताको जिम्मेवारी काँधमा लिनु हो। कि नबोलौं, बोले सही र जिम्मेवारीको कुरा गरौं। 🙏
जोकरहरूले दर्शकलाई हँसाउँछन् त्यसलाई मनोरन्जन भनिन्छ। राजनीतिज्ञले पनि जनतालाई हँसाउँछन् तर त्यसलाई विकास र समृद्धि भनिन्छ। कदाचित् यी दुवैको जिम्मेवारी साटियो भने पनि हाँसो निस्किन सक्छ, तर त्यसको चाहिँ निदान र उपचार गर्नु पर्ने हुन सक्छ!
टेक्स्ट मेसेज पठाएर त केही हुन्न तर खासै घुलमिल नभएको मान्छेले मेसेन्जरमा डाइरेक्ट भिडियो कल हानो भने चैं मलाई पनि एक दुई घण्टा पुलिस चौकीमा जाक्दिम जस्तो लाग्छ! 😁
चार, पाँच जना सांसदले लेखेको बोलेको देख्दा सुरूमा ह्वाँ ह्वाँ रून मन लाग्छ। त्यसपछि अर्थमन्त्री महोदयलाई निवेदन लेखेर उहाँ माननीयहरूले पाउने तलब भत्तामा मैले तिरेको करबाट हुने योगदानको एक दुई सुका नै भए पनि फिर्ता पाउँ भनेर माग्न मन लाग्छ!