गुलाफको फुल बोकेर भेरी तरेका एकहुल मानिसहरु ।
गलेछन मानवियता भन्दा माथिको क्रुरताबाट, पराजित भएछन युगौ देखिको दम्भ र अहङ्कारबाट ।
भेरी त बगिरहन्छ उसैगरी अनि बगाइरहन्छ थुप्रै नवराज विकहरुलाई
तर
दम्भ अहङ्कार र युगौ देखिको मान्यताहरु चाहिँ ताल झै जमिरहने भए ।
दुई ठुला दलको स्थिरताको खेति १ वर्ष पुग्दा नपुग्दै बागमतीबाट टुसो हान्यो । अन्य प्रदेशमा नझाङ्गियला भन्न सकिन्न ।
संख्या दोश्रो कुरा हो, पहिलो कुरा नियत हो ।
नियत सहि बनाम् नेताकण ।।
लोपोन्मुख हायु जातीको एक परिवार बासस्थान छोडेर कहिकतै हिडे । उनीहरु भन्छन् , “ स्वास्थ्य सुविधा छैन । रोजगारीको अवसर भएन । ” बाध्यता र परिस्थितिबारे खुल्दै जाला तर अवस्था यस्तो छ कि बेचैन मन बोकेर हायु परिवार मात्र हिडेका छैनन् यहाँ त हरेकले हरेक दिन सोच्ने यस्तै हो ।
बहस, तर्क र छलफल निरन्तर भएमात्र संगठन जीवन्त छ भन्ने भान हुन्छ ।
बहस नीतिमा हुनुपर्छ, नेतृत्वमा हुनुपर्छ ।
नीति र नेतृत्वलाई आलोचनामुक्त बनाउने संस्कृति स्वास्थ्यवर्दक नहोला कि ?
बिपिले उ बेला नै भनि गएका रहेछन् , "प्रजातन्त्र आएपछि सत्तामा मोटाघाटा चिल्ला, सुकिला र अवसरवादीहरू हाबी हुनेछन्, तिनीहरूका विरुद्ध इमानदार र त्यागी कार्यकर्ताले एकपटक पुन: संघर्ष गर्नुपर्ने छ । "
मुलुकमा यस्तै प्रकारको खेलकुद ३५ वर्षदेखि चलिरहेछ ।
बिपि प्रति हार्दिक श्रद्दासुमन
नेतामा दुरदर्शिताको अभाव छ । क्षणिक लाभ र हानीको आधारमा नीति र नेतृत्वको व्याख्या गर्ने शैली राजनीतिक नेतृत्वमा हावी छ ।
त्यसले समकालीन समाजलाई ब्याख्या गर्ने र बदल्ने कुरामा कति प्रभाव परेको छ । ख्याल छैन ।
समकालीन पुस्ताका राजनैतिक चेत भएका युवाहरुले घोत्लिएर सोचौं ।।
कहिलेकाहीँ
यस्तो भ्रमबाट मुक्त्त हुने समय आउँछ ।
एकछिन पिडा हुन्छ तर हुरहुर्ति खुसी बढ्दै जान्छ ।
किनकी
त्यो भ्रमको कैदी हुनुबाट जो दुर हुनुछ ।
सोच्दैछु 🤔
यस्ता कति भ्रमको कैदि भएको छु होला ?
समयको पर्खाई त रहेछ
जीवन
एक हुल मानिसहरु जन्मजयन्तिमा रमाउन । हामी छेउमा बसेर दृश्यपान गरौला।
तर
एकताको विशाल भाष्यलाई जोडेर स्वर्णिम कल्पनामा रमाउन चाहिँ तपाईं सक्नुहुन्छ । म सक्दिन ।
वहस र तर्क चाहिँ पक्कै गर्न सकिन्छ ।।।
तिनतले घरको जोरबाहा
जिउमात्र यहाँ मन कहाँ
पानको पात पानको पात
साकेला सिलि जिन्दावाद
शैशैला हो शैशैला ।।।
उँधौली चाड- ०७९ को तपाईं हामी सबैलाई भब्य शुभकामना ।।
उद्धेलित भावनालाई एकतृत गर्ने एउटा नाम
जसले समता र समानताको भावलाई सम्वोधन गरेको छ
अनि
संघीयताको भावना र मर्मलाई समेत समेट्ने प्रयत्न गरेको छ ।
बधाई हामी नेपाली हाम्रो मधेश प्रदेश ।।
समुदायको चेत, उनको जीवनपद्धति, आदिम मानववस्तीका थुप्रै घनत्वमाथी निर्माम प्रहार गरेर जमिनको आकार बढाउने प्रयत्नलाई एकताको भावबाट कसरी हेर्नु र ।
आजको दिनमा सम्मानभाव सहित उनको नियत नियती माथी विमर्श जारी राख्न चाही छाड्न हुन्न ।