साम्यवादको उद्धेश्यको निम्ती, मेरो देश र मानव जातीकै सर्वोत्तम हीत र कल्याणको निम्ती, आफ्नो ज्यान अर्पण गर्न पाएको दिन मेरो जीवनको सबैभन्दा स्वर्णिम दिन हुनेछ ।
(एकदम यथार्थपरक लेख,
मैले पनि हालका दिनहरुमा यस जिल्लामा सेवारत रहँदा प्रस्तुत लेखमा उल्लेख गरे जस्तै दैनन्दिन देखिरहेछु)
जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ ! -via #hamropatro https://t.co/y9qvrp7YWA
(अत्यन्त समसामयिक र मननीय आलेख 👍
यति राम्रो मार्गदर्शक लेखको लागि लेखकलाई हार्दिक धन्यवाद 🙏)
हुनेखानेका कारण हुँदाखानेलाई पीडा - अघिल्लो साता सम्पन्न रेणु दाहलकी छोरीको विवा... -via #HamroPatro https://t.co/857ZsKCdg6
मानव जीवनको परम लक्ष्य सुख र आनन्द नै हो । तर, याद राख्नु पर्ने कुरा भनेको सुख दैहिक र क्षणिक मात्र हुन्छ भने आनन्द चाँही आत्मिक र चीरस्थायी हुन्छ । भौतिकताले (घर, जग्गा, रुपैंया-पैसा आदी) ले मानिसलाई सुख दिन्छ भने सेवा, सहयोग, परोपकार, मायाँ, ममता आदिले भने आनन्द प्रदान गर्दछ ।
पद, सुविधा र अवसर नपाउँदा सबै निष्ठावान, सदाचारी र आदर्शवान हुन सक्छन् । तर पद, सुविधा र अवसर पाएपछि पनि राज्यको श्रोत–साधन र सम्पत्तिको दुरुपयोग नगर्ने मानिस मात्र सच्चा निष्ठावान, सदाचारी र आदर्शवान व्यक्ति हो ।
" तुच्छ चाकडी र चाप्लुसीलाई प्रशंसा र मित्रता सम्झने अनि स्वस्थ बहश र आलोचनालाई चाहीँ गाली र शत्रुता ठान्ने" जस्तो देशको समग्र राजनैतिक, प्रशासनिक, न्यायिक, शैक्षिक यावत क्षेत्रमा विद्यमान गलत मनोवृत्तीलाई तत्काल नत्यागेसम्म मुलुक उँभो लाग्ने छाँटकाँट मैले त देखिरहेको छुईन ! ।
शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छन् तर मन नजिक हुन्छ , जीवन बदल्ने महाकवि देवकोटाका प्रेरक भनाईहरु -via #hamropatro https://t.co/JNjyIwrWwC