"उहाँ [नेहरूजी] धेरै कुरा गर्ने मान्छे, तर खासै अरूको कुरा सुन्ने जस्तो चाहिँ लागेन। सुवर्णजीले मलाई भन्नुभयो - “उहाँ एक कमजोर र अनिर्णीत मानिस हुनुहुन्छ।”
[11 May 1951]
"कमजोर सरकार, यसै रोगबाट ग्रसित सदनभित्र विभाजित [नेपाली] कांग्रेस र भारत सरकारको रहस्यमय भूमिका - यी तीनै कारणले देशभित्र कमजोरी सिर्जना गरेका थिए।"
[May 1, 1952]
“कहिलेकाहीँ मलाई लाग्थ्यो, राजनीति बढी भइरहेको छ। सोच्थें, मलाई राजनीतिमा अल्झाइरहने कतै मेरो व्यक्तिगत अहमले त होइन? आदर्शवादलाई त युक्तिसङ्गत बनाउन सकिन्थ्यो। तर राजनीति मेरो जीवनमा हाबी भइरहेको थियो। र मभित्रका कोमल पक्ष, प्रेम र मित्रता आदि पनि दमित भइरहेका थिए।”
14 Feb 1952
“विश्वमा समाजवादको अन्तिम विजय हुन्छ भन्ने मेरो अटल विश्वास छ। हामी अहिले सङ्घर्ष, तानातानी, दरिद्रता, रागद्वेष र अशान्तिबीच समुद्रमा थाकेका नाविकजस्तो टाढा क्षितिजमा समाजवादको तटको अस्पष्ट रेखा देखिरहेका छौँ।”
[१५ डिसेम्बर १९६०]
“कम्युनिस्ट आन्दोलनमा मलाई आकर्षित गर्ने व्यक्तिको नाम लिनुपर्यो भने म ट्रट्स्कीको नै नाम लिन सक्छु। उनी लेखाइ र व्यक्तित्वमा अभूतपूर्व व्यक्ति थिए।”
[Interview: Haridev Sharma, February 26-27, 1976]
“नानी, महाभारतका वीरहरूजस्तै ठूलो नहुनू, वीर नहुनू। तिनीहरूको वीरताले विध्वंस निम्त्यायो। खालि असल हुनू, असल मानिस हुनू।”
“मानिसले ठूलो हुने महत्त्वाकाङ्क्षा राख्यो, ईश्वर बन्ने महत्त्वाकाङ्क्षा राख्यो भने, उसले केवल विध्वंस ल्याउनेछ।”
(अन्तर्वार्ता, १ अगस्ट १९८२)
“हाम्रो काम गाउँको निर्माण गर्नु हो। गाउँको गरिबी उन्मूलन गर्नु, अशिक्षा उन्मूलन गर्नु र त्यहाँ ओखतीमूलो र शिक्षाको व्यवस्था गर्नु हो।”
(अन्तर्वार्ता, अमृत बजार पत्रिका, १ अगस्ट १९८२)
“I want to make politics not a matter of the palace, but a matter among the people. Therefore, I do not want to practice politics at the diplomatic level. This is the difference between me and the King.” - B. P. Koirala