ठिक यति बेला उहिलै सानामा पढेको कथाको याद आयो । रुखबाट नरिबल झरेर एउटा कुखरीको टाउकोमा लागेछ, कुखुरीले आकाश खसेको ठानेछ र 'लौ आकाश खस्यो, सबै जना भागौँ ' दौडिन थालेछ । उसको कुरामा विश्वास गरेर चल्लाहरु भाग्न थालेछन् ।
ए नेताज्यूहरु, न आत्तिनुस्, आकाश खसेको छैन
संसदमा पूर्व प्रधानमन्त्रीहरुले गरेको भाषण सुनेर मनोरञ्जन लिइरहेछु । एकजना पूर्व प्रधानमन्त्री भन्छन्, "चुनावमा बम पड्कियो, जनतालाई भोट हाल्न जान दिइएन ।" अर्का पूर्व प्रधानमन्त्री भन्छन्, "अब धेरै बालेनहरु जन्मिनेछन्, राजनीतिक पार्टीहरु समाप्त हुनेछन् ।"