टुलिपको प्रशिक्षणले होटेलको बिल उठाउने बाहेक सांसदहरुको जिन्दगीमा खास्सै फाइदा गरेको रहेनछ।
भगवानको आलोचना गर्ने कार्यक्रम बन्द गरेर महिमागान गाउने कन्सर्टको आयोजना गरियोस्।😜
अहिलेको रामराज्य उहाँकै हो तर यहाँ रामको धैर्यता भन्दा पनि हनुमान लगाएर लंका जलाउने प्रवृत्ति हावी भएको देखिन्छ। लक्ष्मण रेखा पार गरेपछि रावणले के भोग्नुपर्यो,कथा सबैलाई थाहा छ। सीमा र मर्यादा नाघ्दा शक्ति देखिन्छ जस्तो लाग्न सक्छ तर अन्ततः परिणाम जिम्मेवारी र धैर्यताले देखाउँछ।
सरकारले परिवर्तनको हुङ्कार गरेर अध्यादेश ल्याउदा पनि बिरोधको लागि बिरोध गर्ने यिनिहरु कुन चाहिँ पार्टीको झोलेहरु हुन्? पक्कै एमाले,माओवादी र कांग्रेसका झोलेहरु हुनुपर्छ। हिजो यिनिहरुका बा'हरुले अध्यादेश ल्याउदा कहाँ थिए?
#चुपचाप#घन्टिछाप
भन्सारमा दुख पाएको नागरिक हुन् या राहतबिनै बस्तिमा डोजरले थिचिएको नागरिक हुन् अहिलेसम्म कसैले “सरकार मर्यो, हामीलाई जुठो पर्यो” भनेको त छैन नि? हिजो आफू माथी मुद्दा चल्दा यस्तै स्टाटस लेखेर न्याय खोज्नेहरु आज मौन र चुपचाप छन्।
गरिबको चमेली.....?
म नेपाल हासेको....?
पैसा कमाउनु सम्पत्ति जोड्नु अनि राजनीति गर्नु नराम्रो होईन तर जो संग पढ्ने र बढ्ने खर्च हुँदैन उसैको सम्पत्ति अर्बौंको देखिन्छ भने प्रश्न गरौं,प्रश्न भन्दा माथी नेता नराखौं र सम्पत्तिको स्रोत खोजौं। हिजो अरुलाई झोले,हली,दास भन्ने र देख्नेहरु आज एकाएक त्यसको पर्यायवाची नबनुन्।