रवि बाबुलाई राेजगार दिने उखानेले,प्रत्येक महिना ६० हजार देश छाेड्ने युवालाई र राेजगार बिना देशमा डिप्रेशनकाे सिकार भएका युवालाई दिनु नि,कामभन्दा कुरा ठुला 🇳🇵🙏
हिन्दी फ्लिममा नाना पाटेकर संग नाँचेर जवानी फालेकाहरु लाई गणतन्त्र चाहिएको थिएन। नेपालमा यस्ता नारीहरु पनि थिए, जो संग शरिरको स्तन ढाक्ने एकसरो कपडा समेत थिएन। र तिनीहरु लाई चाहिएको थियो- गणतन्त्र। तिनीहरु लाई कुनै दरबारको रानी बन्नु थिएन। हिमानी जस्तो सुन्दर चेहराको देखिनु पनि थिएन। केवल तिनीहरु लाई लेख्नु थियो समानताले भरिएको एक थान संविधान। तिनै न्यायप्रेमी नारीहरुको कठोर संघर्षका कारण आज तोषिमा डाक्टरनी हरुले स्वतन्त्रताको नाममा गाग्री हल्लाउन पाएका छन्।
संविधानको दफा उपदफा, धारा उपधारामा उत्पिडित वर्ग समुदायको आँशु, पसिना र रगत मिसिएको छ। लेख्न, बोल्न र पढ्न नजान्ने निम्न वर्गिय ग्रामिण जनताहरुको संघर्षको जगमा लेखिएको हो यो संविधान। यसकारण आफ्नो रजगज गुमाउनु पर्दाको पिडा थाम्न नसकेका केही थान नाफाका शुक्रकिटहरु लाई जनयुद्द शब्द संग घृणा छ। तिनीहरुले हातमा गणतान्त्रिक देशको संविधान समातेका छन् । तर दिमागमा जंग बहादुर राणाको मुलुकी ऐन बोकेका छन्। विदेशी संघ, संस्थाहरु लाई नेपालको दरिद्रता बेचेर डलर डकार्न पल्किएका त्यस्ता अभिजात्य दासहरु सभासद हुनु र खच्चड गोठाला हुनुमा कुनै फरक छैन।
सामाजिक सभ्यताको विकास क्रममा विभिन्न घटना परिघटनाको जन्म हुन्छ। फागुन १, यस्तै एउटा घटना परिघटना जन्मिएको मिती हो। आधुनिक नेपालको राजनितिक ईतिहासमा प्रजा र रैतीको दर्जाबाट माथी उठेर मान्छे बन्नका लागी जनताको स्तरबाट गरिएको सबैभन्दा भयानक प्रतिरोध हो त्यो। भूकम्पमा मारिएका मानिसहरुको सम्झनामा भूकम्प दिवस मनाए जस्तै जनयुद्दमा मारिएका मानिसहरुको सम्झनामा जनयुद्द दविस मनाउदा आकाश खस्दैन। अन्तराष्ट्रिय स्तरमा हेर्दा पहिलो विश्व युद्द र दोश्रो विश्व युद्दमा मारिएका लाखौ मानिसहरुको सम्झनामा अहिले पनि विभिन्न देशमा विभिन्न नामका दिवसहरु मनाउने गर्छन्। किनकी यदी प्रेम गर्नेहरुको दिवस हुन्छ भने युद्द गर्नेहरुको पनि दिवस हुन्छ।
जनयुद्द दिवसको शुभकामना!