कुनै बिसौनीमा साथी छुटे,
कुनै बिसौनीमा आफन्त छुटे,
नछुटोस् भनेर छातीमै टाँसेकाहरु पनि कहीँ छुटे ।
यहाँसम्म ठीकै थियो ।
कस्तो जतन गरेर जोगाएको थिएँ आफैँलाई,
म आफैँसित खोइ कहाँ छुटेँ ?
#मनकै_लाइन 🤗
(चोरेको यही कतै बाट 🤣🤣🤣🤣🤣)
मेरो अनुहार,मेरो बाल्यकालको त्यो पुरानो झल्को।
मैले चिन्न सक्ने,तर सम्झन नसक्ने अनुहार।म त्यो तस्वीरतर्फ तानिएँ।हात बढाएँ,स्पर्श गर्न खोजें,
तर त्यहाँ,खाली हावा थियो,तस्वीर त थियो तर छुन मिल्दैनथ्यो,
"जसरी सम्झनामा धेरै कुरा बाँचिरहेका हुन्छन्,तर जीवनमा कहिल्यै फर्किंदैनन्" ।