पहिले टिओबिको ज्याकेट लाएर सिंहदरबार, सर्वोच्च अदालत लगायत कयौं ऐतिहासिक धरोहर जलाउन मशाल बोकेर आगो झोस्ने भिडको नेतृत्व गर्ने अहिले माननीयको लोगो सहित अघिपछि सुरक्षागार्ड सँगै राष्ट्रिय पोशाकमा सजिएर रोष्ट्रममा रुने मान्छे एउटै हुन्सक्ला भनेर कसरी पत्याउनु क्या मान्यवर ?🤔
के हुँदो न खाँदोको रन्को होला यो ! न नर्वेका खेलाडी हाम्रा देशका हुनु, न ब्राजिलका खेलाडीले हामीलाई केहि बिगार्देको हुनु, तैपनि किन किन नर्वेको जित भन्दा ब्राजिलको हार चैं अझ बढी स्वादिलो लाग्नी क्या मान्यवर !🤔 FIFA World Cup
Norway -2
Brazil-1
मोटर भाडा तिर्न नसकेर निलो मोटर चढ्ने महिला महोदयहरु चैं काठमाडौंमा मात्रै पाइन्छ कि अथवा नयाँ सरकारले काठमाडौं लाई मात्रै देश घोषणा गरिसक्यो चुरो कुरो क्याहो मान्यवर ?
साथी सङ्गी, इष्टमित्र, आफन्त कसैले ऋण सापटी समेत न पत्याएर जग्गा बेच्नु पर्यो भनेको त जग्गा किन्न भन्दै तिनै पैसा छैन भन्ने आफन्तको तँछाडमछाड देख्छु त मान्यवर ?🤔 @highlight followers