घूसै खाएर सही बाउले कमाइदेको सम्पत्ति छ भन्दैमा, कर छलेकै सही आफूले त्यसमा मल्टीप्लाई गरेको छु भन्दैमा अति विपन्न, बेथिति/कुशासनव्याप्त देश जुलुसमुक्त, गरिबमुक्त, फोहोरमुक्त आदि इत्यादि कल्पना गर्न सकिन्छ, गरिब/गरिबी/पिडितको मजाक उडाउन पाइन्न !
नेपाल विवेकशील पार्टीको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । केही सुझाब तथा प्रतिक्रिया भए हामीलाई जानकारी गराउनुहोला । पूरा प्रतिवेदन तलको लिंकमा दिइएको छ ।
https://t.co/rUmn3NdaYG
गुरू पूर्णिमाको अवसरमा सम्पूर्ण औपचारिक, अनौपचारिक, ज्ञात तथा अज्ञात गुरूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । मैन बत्ती जस्तै बलेर अरुलाई उज्यालो गराउने तपाईंहरूको कामप्रति आभार व्यक्त गर्दछौँ ।
#GuruPurnima
राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको रूपमा मनाइने असार १५ को शुभकामना 🎉
अन्न उत्पादन बढाउने तथा दिगो तथा जलवायु परिवर्तनसँग उत्थानशील रहने कृषिकर्मलाई अगाडि बढाउन सफलता मिलोस् !
#Asar15
यो आउने बुधवार ३ बजे मार्टिन चौतारीमा वायु प्रदूषणबारे नागरिकले कस्तो हस्तक्षेप गर्ने भन्ने विषयमा महत्त्वपूर्ण सार्वजनिक छलफल हुँदैछ। पहिले विज्ञहरूबाट केही कुरा सुन्ने, अनि नागरिकले अब के गर्ने, छलफल गर्ने योजना छ।
चौतारीको गुगल म्याप लिङ्क:
https://t.co/KBNAXAu5eX
१/२
शरणार्थी प्रकरणले भ्रष्टाचारको लहरो तानिरहँदा संसद्ले समातेको बाटो उल्टो छ। जोमाथि संसद्बाट छानबिन हुनुपर्ने छ, तिनलाई त्यही समितिको जिम्मा लगाइनुले दल मात्र होइन, संसद्को भूमिकामै प्रश्न उठाएको छ।
@rambohara
https://t.co/gCmSQZDU49
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैमा शुभकामना !
श्रमिक हकहितको लागि र प्रविधिले सबै खालका श्रमिकहरूको रोजगारीका अवसरहरूमा पार्न सक्ने प्रभावको बारेमा हामीले अझै बढी घोत्लिनुपर्ने अवस्था देखिएको छ । श्रमको क्षेत्रमा देखिएको लैंगिक असमानतालाई सम्बोधन गरी अर्थत्नत्रको सुधार गर्नुछ।
राष्ट्रिय आविष्कार केन्द्रका @MahabirPun महावीर पुनले राख्नुभएका मागहरू जायज छन् र सरकारले तुरुन्तै सम्बोधन गर्न सकिने खालका नै भएकाले त्यसमा कदम चालियोस्। यो प्रतिकूल मौसममा उहाँ तथा समर्थकहरूलाई सडकमा राखिरहनुको औचित्य प्रमाणित गर्न सकिँदैन है सरकार!
https://t.co/HNkKGCMWwi
नेपाल विवेकशील पार्टी महावीर पुनको यस अभियानमा ऐक्यबद्धता जनाउँदै नवप्रवर्तन तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उहाँका मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।
#NIC#Innovation#RandD
ईस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद ऊल-फित्रको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।यस पावन अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
#EidUlFitr