कसैलाई नसुनाएको कुरा सुनाउने एउटा ठाउँ चाहिन्छ
वा एउटा सपना चाहिन्छ
वा एउटा ईश्वर
वा यि सबै भएको एउटा मान्छे ।
तिमीसँग कसैलाई नसुनाएको कुरा सुनाउने एउटा मान्छे छ ?
उसको स्पर्शले
बिश्वास जितोस
उसको उपस्थिती
तिम्रो पर्खाइको
अन्त्य होस
मलाई तिम्रो
रहर लागे झैँ
तिमिलाइ पनि
कसैको रहर लागोस
र उसलाई अरु कसैको
रहर लागोस
म यादहरुले
जीवन सजाउला
तिमी कसैको
साथमा रंगिनु
तिम्रो मनको घर
बस्ने रहर
हर प्रहर
तर
तिम्रो हुनु हुदैन
मेरो झैँ अधुरो रहर
-विवश🌹
साइनो जोडेको छु मनले मन सँग
मायालुले माया राख्नु जतन सँग
पैसाले किन्न खोज्लान् पैसावाल
प्रेम नहारोस् कहिल्यै नि धन सँग
सँगै भए जस्तै दु:ख नि पार लाग्छ
पत्थर त टुक्रिन्छ छिनो र घन सँग
सम्बन्ध सकिए जिन्दगी सकिन्छ
खेलवाड नहोस् प्रिया जिबन सँग