छुवाछुत नगर्नु नत्र सजाय हुन्छ भन्ने कानून छ । उल्लंघन गर्ने सबैले सजाय पाएका हुन्नन् । उजुर पर्दा पाउँछन् । कानून लगाए लाग्छ नत्र लाग्दैन । नैतिकता चाहिँ नलगाए पनि लाग्छ । अनैतिकताको सजाय देखिंदैन तर हुन्छ । #lawAndMorality
हामी नेपाली मास्क उत्पादनबाट शुरू भएको पिपिइमा छौं । अब टेस्टिङ कीट हुँदै भ्याक्सिनमा पनि जाउँला । संकटले सिकाउँछ । पहिलो नाकाबन्दीपछि तरकारी फलाउन सिकाए जस्तै ।
भारतमा लकडाउन पछि जागिरबाट निकालिएका एक व्यक्ति दिल्लीबाट मध्यप्रदेशको मुरैना स्थित घर जान पैदलै हिँड्दा आगरा पुगेर मरेछन् । त्यही देशको सेनाले नेपालमा 'र्यापिड एक्शन' टिम पठाउँछु भन्छ । त्यस्ता टिमले पैदल यात्र���मा रहेका हजाराैं भारतीय मजदूरहरूलार्इ 'र्यापिड रेस्क्यु' गरोस् ।