Prisoners Diary
'दुखाई'
कहिले सपनाकाे झस्काई
कहिले दुखाईकाे चस्काई
थाहा छैन याे कस्ताे दुखाई
छाति भित्र सम्म, कति भित्र?
ठ्याक्कै कहाँ?
त्याे म भन्न सक्दिन
तर कहाँ हाे कहाँ
अनन्त सम्मकाे दुखाई
हर दुखाईमा आनन्द खाेजिरहेन्छु।
-मिलन शर्मा
(कारागार कार्यालय, डिल्लीबजार)
साहित्य पोष्ट अनलाइनबाट साप्ताहिक रूपमा प्रस्तुत भइरहेको 'कारागार साहित्य' पढ्ने सुबिधा कैदि साथीहरूलाई नभएपनि, उहाँहरूका लेख पढेपछि धेरै परिवारले हामीलाई सम्पर्क गरिरहनुभएको छ जुन कुराले हामीहरूलाई अझै धेरै उत्साहित बनाएको छ।
#nationallibrarycampaign#prisonlibrary
कारागार भित्रबाट आफ्नी प्रेमीकालाई सम्झेर विरू विश्वकर्मा जीले लेख्नुभएको एउटा पत्र। कारागार भित्रका लेख, कथा तथा डायरी सङ्कलन गर्नेक्रममा केहि महिना अगाडि प्राप्त गरेका थियौँ। प्यूठान जिल्लामा घर भएको उहाँ अहिले जिल्ला कारागार कपिलवस्तु हुनुहुन्छ।
#PrisonStories#prisonlibrary