मेरा Tweets (X) हरु केबल मनोरंजनको लागि मात्रै हो, कही कसैसित मिल्न गएमा त्यो संयोग मात्र हुनेछ; Every livelihood work is worship. RTs & likes not endorsement.
सामाजिक सञ्जालका सबै भित्ता देखी पत्रकार नेता जनता सबैलाई भकुण्डो नशा लागेकोछ न आफ्नो देशको सहभागिताछ न कुनै छिमेकीको
देशमा अन्य मुद्दा नभएसरी के सार्हो एकपाखे बनेका हुन।।
एउटै कुरालाई लिएर दिनहु बिरोध गर्दै काम रोकेर बस्दा भएको नोक्सान ब्यहोर्ने कस्ले; जनताका प्रतिनिधिहरुनै यस्ता छन, भोली जनताहरुले अफिस, अस्पताल,, कालेज, यातायात बन्द हडताल गरे भने फेरी यिनै हुन, बन्द हडताल नगर, गर्नहुन्न भन्ने, लाजै पचाएर; यै हो SYSTEM!!❓🤔🤷🏻♀️✍🏻����
राजदुत प्रतिस्पर्धा मार्फत छाने जसरी मन्त्री पनि त्यही मापदण्ड अपनाए कमसेकम मन्त्रालय संबंधित ज्ञाता चयन हुन्थेकी
यहाँ त साइकल चलाउनेलाई कारको चापी थमाउँछन।।
देशको आर्थिक र सामाजिक सुधार तब मात्र सम्भव हुन्छ, जब हामी पैसा र पद भएका खराब मानिसलाई पनि “ठूला” भनेर सम्मान गर्न छोड्छौं, र खेती–किसानीलाई गरिबको मात्र पेशा भन्ने संकीर्ण सोचबाट मुक्त हुन्छौं !
मुक्तक
मनको भाषा बुझ्नेले मात्र माया चिन्छ रे
आँखाले हेर्छ प्यार गर्छ आनन्द लिन्छ रे
सम्बन्धको गगन मुनि स्वतन्त्र भएर सधैँ,
वसन्तको बतासले जस्तै खुसी दिन्छ रे ।
बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
प्रधानमन्त्री भए पछि बालेंनले थाहा पाएछन न��पाल ले पनि भारतको जग्गा मिचेको रैछ।
तर बालेंन आए पछि मैले थाहा पाए -
खोलामाथि घर बनेका रहेछन्,
नक्कली सुकुम्बासी रहेछन्,
करिब ७०१ गाडिले दोहोरो सुबिधा लिएका रहेछन
+++++
मन भित्र हरेक समय मल्ल युद्ध हुन्छ ।
गलत मान्छेमा गलत बिचार र असल मान्छेमा असल बिचार बिजयी हुन्छन् ।
त्यसैले, आफू भित्रको गलतलाई जित्न नदिनुस।
#शुभबिहानी 💐💐
तिमीले दिएको नासो राखिन
ठिकै भो गलामा प���सो राखिन
म जति उदार अरु को होला
आफ्नो भागमा हाँसो राखिन
जीवनका मोड घुम्तिहरुको
अलिकति पनि चासो राखिन
अधुरै रह्यो गुन्द्री बुन्ने सपना
तान राखेर नि हत्तासो राखिन ।