सम्पूर्ण बालबालिकामा राष्ट्रिय बालदिवस २०८० को शुभकामना!!
राष्ट्रिय बाल अधिकार परिषद्ले यस वर्षको राष्ट्रिय बाल दिवसमा विभिन्न कार्यक्रम मध्ये बालबालिकाका आवाजहरुलाई पत्रको माध्यमबाट बाहिर ल्याउन एउटा कार्यक्रम “मन्त्रीज्यूलाई चिठ्ठी” अभियान संचालन गर्दैछ ।
मिति २०७९ कार्तिक १ गते विराटनगरवाट हराएकी वर्ष १६ की बालिका मिति २०७९ माघ १० गते भारतको पटनावाट उद्धार गरी बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको समन्वय र बालहेल्पलाईन नं.१०९८ वाराको सहयोगमा मिति २०७९ माघ १९ गते परिवारमा पुनर्मिलन गराईएको छ ।
पुष १३ र १४ गते राष्ट्रिय बाल अधिकार परिषद्को आयोजना तथा एक्प्याक्ट लक्जेम्बर्गको सहयोगमा बाल कल्याण अधिकारी र अस्थायी संरक्षण सेवाका प्रतिनिधिहरुलाई बाल संरक्षण घटना व्यवस्थापन सूचना प्रणाली तथा बाल अधिकार सूचना व्यवस्थापन प्रणाली सञ्चालन सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९मा बालबालिका र विद्यालयलाई दलगत राजनितिक प्रयोग, परिचालन भएको देखिएमा तत्काल राष्ट्रिय बाल अधिकार परिषदमा अनलाइन फाराम मार्फत जानकारी गराऔँ।
google form link:
https://t.co/kzZuNFfyFe
नेपालीहरूको महान चाड वडा दशैं, शुभ-दिपावली, छठ पर्व र नेपाल संवत् को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीऽबालबालिका दिदीबहिनी तथा दाजुभाइहरुमा सु-स्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै ।
“बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार" भन्ने मूल नाराका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त आयोजनामा भदौ २९ गते राष्ट्रिय बाल दिवस २०७९ को मूल समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
मिति २०७९ भाद्र ४ गते बालबालिका हराउने तथा जाेखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गरि राष्ट्रिय बालअधिकार परिषद्काे समन्वयमा विराटनगर महानगरपालिका, बालबालिका खाेजतलास प्रदेश समन्वय केन्द्र १०४, विराटनगर र बालहेल्पलाईन नं.१०९८द्वारा बालहेल्पडेक्स सञ्चालन गरियाे ।
मिति २०७९ असार २७ गतेका दिन राष्ट्रिय बाल अधिकार परिषद्का नवनियुक्त उपाध्यक्ष, सदस्य–सचिव र थप ३ जना सदस्यको समेत स्वागत तथा पदवहाली कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०७९ जेष्ठ ११ गते गोरखापत्रको दैनिक पत्रिकामा प्रकासित बालबालिकाको पहिचानको अधिकार तथा जन्मदर्ता सम्बन्धी विषयमा अध्ययनका लागि आशयपत्र आह्वान गरिएको सम्बन्धी सूचना।
स्रोत लिंक: https://t.co/aNxc6YHmuz
बालबालिका सम्वन्धी ऐन,२०७५ ले व्यवस्था गरे अनुसार मधेश प्रदेश, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिकाले बालकल्याण अधिकारीको जिम्मेवारी प्राप्त गर्नुभएकोमा श्री कला चापागाई के.सी.लाई हार्दिक बधाई।
बालबालिका सम्वन्धी ऐन,२०७५ ले व्यवस्था गरे अनुसार मधेश प्रदेश, बारा जिल्ला, परवानीपुर गाउँपालिकाले बालकल्याण अधिकारीको जिम्मेवारी प्राप्त गर्नुभएकोमा श्री रमिता कुमारी साहलाई हार्दिक बधाई।
बालबालिका सम्वन्धी ऐन,२०७५ ले व्यवस्था गरे अनुसार गण्डकी प्रदेश, लमजुङ जिल्ला, दोर्दी गाउँपालिकाले बालकल्याण अधिकारीको जिम्मेवारी प्राप्त गर्नुभएकोमा श्री रज्जु विश्वकर्मालाई हार्दिक बधाई।