२१ जेठ २०८३ (दिउँसो २:०५ बजे)
गएको एक घण्टामा सबैभन्दा बढी पानी चितवनको चरछरेमा ३२.८ मिलिमिटर परेको छ। कास्की, काठमाण्डौं, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु लगायतका जिल्लाहरूमा पनि अहिले पानी परिरहेको छ। कहाँ कति पानी पर्यो भन्ने विवरण तलको फोटोमा हेर्न सक्नु हुन्छ।
२१ जेठ २०८३ (दिउँसो १२:५० बजे)
गएको एक घण्टामा सबैभन्दा बढी पानी काभ्रेको खोपासीमा २५.८ मिलिमिटर परेको छ। ललितपुर, चितवन, परासी र धनकुटामा पनि पानी परिरहेको छ। यी आसपासका जिल्लाहरूमा पनि पानी पर्ने सम्भावना छ।
२० जेठ २०८३ (दिउँसो २:४५ बजे)
अहिले सबैभन्दा बढी तापक्रम कपिलवस्तुको भगवानपुरमा ३९.८ डिग्री सेल्सियस पुगेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।
(२०८३ जेठ १६ गते, दिउसो १ः४५ बजे)
हाल सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ। पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकोले ती क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको छ।
हाल पाल्पा मौसमी राडार बाट प्राप्त तस्बिर (Rain rate) र भू-उपग्रगबाट लिईएको तस्बिर अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
हावाहुरी सम्बन्धी चेतावनी (१५ जेठ २०८३)
आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरी सहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना देखिन्छ। नक्सामा सुन्तला रङ लगाइएको तराई क्षेत्रका बासिन्दाले सतर्क रहनु होला। पहेंलो रङ लगाइएको ++