मध्य रातमा घेरा हालेर अन्तिम इच्छा सोध्ने उनै प्रहरीका सदस्य कार्यक्रम स्थलबाट नियन्त्रण गर्ने उनै प्रहरीका सदस्य
उतिबेला ठिक अहिले बेठीक चाहिँ हुन्न है ।।
आफ्नै पैसामा जहाजबाट जान्छु भन्दापनि विष्णु पौडेललाई प्रहरीले रोडबाटै काठमाडौं हिडायो
काठमाडौँ । सुर्खेतबाट सोमबार पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले रोडबाट नै काठमाडौँ तर्फ हिँडाएको छ । पौडेलले आफू सुगर प्रेसरको विरामी भएकाले विमानबाट आफ्नै पैसामा जाने अडान लिएका थिए । तर उनलाई सडकबाट नै ललितपुर ल्याइदै गरेको सुरक्षा निकायले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेर मुद्दा अनुसन्धान प्रक्रिया अगाडि बढाइने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागस्रोतले जनाएको छ । यद्यपि हालसम्म ललितपुर प्रहरीलाई विभागले कुनै ताकेता नगरेको जिल्ला प्रहरी प्रमुख एसएसपी तुलबहादुर कार्कीले बताए । विभागस्रोतका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतकै गाडीमा ल्याइँदैछ । बाटोमा विश्राम र अन्य कारणले काठमाडौँ आइपुग्न समय लागेको हो । उनी हाल चितवन–धादिङको सडकतिर पुगेको स्रोतले जनायो ।
काठमाडौँ ल्याउनासाथ अनुसन्धानका लागि विशेष अदालतमा म्याद थपका लागि पेश गरिने र हिरासतमा राखिने स्रोतले जनायो । उनलाई नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर आज बिहानको जहाजबाट काठमाडौँ ल्याउने तयारी थियोे । तर, सुर्खेतबाट नेपालगन्ज नपुग्दै काठमाडौँबाट स्थलमार्ग हुँदै ल्याउन निर्देशन आएको प्रहरीस्रोतले बतायो ।
#janabolitv #janaboli #foryouシ #Balenshah #BishnuPoudel
Source: Janaboli TV