तिमीले देखेका सबै सपनाहरू पूरा हुनैपर्छ भन्ने छैनन् । हिँडेका सबै सवारीहरू कहाँ गन्तव्यमै पुग्न पाउँछन् र ? कहिलेकाहीँ बाढीले बगाइदिन सक्छ । पहिरोले पुरिदिन सक्छ ।
तिमी जुन हाँगो टेकेर जुन डालो समातेर
पुग्यौ सफलताको टुप्पोमा
चाउरिएका छन्,सुकेका छन्,भाँचिएका छन्
ती निस्वार्थी हाँगा डाला आज
कारण
बिर्सिएका छौ तिमीले आफ्नो अतीत
तिमीलाई पोल्दैन र ?