भोली शनिवार ११ बजे भेट्घाटको लागि विनम्र अनुरोध र अनौपचारिक निमन्त्रणा - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मुल कानुनको विधेयक बन्दैछ र नेपाल विज्ञान तथा प्राविधि प्रतिष्ठान (नास्ट) को मौजुदा ऐन पनि संशोधन हुँदैछ । सो विषयमा महत्वपूर्ण सल्लाह सुभाव दिन चाहने बैज्ञानिकहरू, अनुसन्धान कर्ताहरु, नवप्रवर्तकहरुलाई मन्त्रालयमा निमन्त्रणा छ। टाढा टाढा हुनेहरुले इमेलबाट पनि पठाउनु होला - [email protected] (phone 9841592361)
कथित वरियताको नाउँमा भागभण्डाको आधारमा तयार गरिएको सेटिङको अन्त्य हुनु जरुरी छ। पार्टीगत भागबण्डाको आधारमा एक दशकभन्दा लामो समयको निमित्त तयार गरिएको सेटिङलाई पुरस्कृत गरिनु हुँदैन। यो संविधानको उल्लङ्घन होइन, संविधानले दिएको अधिकार प्रयोग गरेर विकृति शुद्धीकरणको प्रयास हुनेछ
कुनै पनि कर्मचारी खुला प्रतिस्पर्धाबाट प्रवेश गरेपछि पुनः अर्को तह वा पदमा प्रवेश नगरेको अवस्थामा उसको सेवा अवधिअधिकतम २० वर्ष सम्म मात्र कायम हुनुपर्छ
सुधार प्रयासमा विद्यमान कर्मचारी प्रणाली भित्रबाट प्रतिरोध आउन सक्छ, कानुन संशोधन जटिल हुन सक्छ र सुरूआती चरणमा मानव स्रोत व्यवस्थापनमा चुनौती देखिन सक्छ। यी चुनौतीलाई चरणबद्ध कार्यान्वयन, विस्तृत मानव स्रोत योजना, सरोकारवालासँग परामर्श र पाइलट परीक्षणमार्फत समाधान गर्न सकिन्छ।
निजामती सेवा ऐनः रूपान्तरणको कसीमा संरचनागत पुनर्विचार https://t.co/vtNO9061as
कर्मचारीको सेवा अवधिको विषय भने अहिले भइरहेको व्यवस्थाभन्दा पनि पछाडि फर्कने खालको व्यवस्था प्रस्ताव गरिएको छ, जुन सामाजिक न्याय, सुशासन, प्रशासनिक दक्षता र सन्तुलित विकासका दृष्टिले पश्चगामी देखिन्छ ।
सडकमा टायर जलायौ भने;
१. वातावरण संरक्षण ऐन, २०७६
२. फोहोरमैला व्यवस्थापन ऐन, २०६८
३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
४. मुलुकी अपराध संहिता (Criminal Code)
सरकारमा आफ्ना मन्त्री कोही पनि छैनन् भने याे सवै लाग्छ विचार गरौं।🤔🤔
Yet critical institutional reforms—such as dismantling patronage networks within political parties and bureaucratic structures, restoring transparency in governance, and ensuring bureaucratic accountability—remain incomplete.
https://t.co/D8HDwZhFBZ
*बुझौं- मनन गरौ*
चार दिन अघि एकजना सरकारी डाक्टर भाइ जो मेरो सामिप्यता छन्, उनले एउटा मार्मिक अनुभूति शेयर गरे। यता सुनाउन मन लाग्यो।
भएछ के भनेः
– बिरामीहरु जाँचको सिलसिलामा उनको टेबल अगाडि एक जोडी बृद्धबृद्धा देखा परेछन्। ७५ वर्षिया श्रीमतीलाई पिसाब इन्फेक्सन भएपछि ८५ वर्षिय बृद्धले श्रीमितको चेकजाँचका लागि डाक्टर समिप लगेका रहेछन्। बृद्धा आमाको लक्षणहरु सोधिसकेपछि डाक्टरलाई उनीहरुबारे एउटा निजी प्रश्न सोध्न मन लागेछ। सोधेछन् ‘घरमा अरु कोही छैन र अशक्त बाले आमालाई अस्पताल ल्याउनुभएको?’ ती बृद्ध बाले मधुरो स्वरमा भनेछन् ‘छोराबुहारी बिदेश छन्। एउटो १५ वर्षको नाती हामीसँग थियौं। भदौको आन्दोलनपछि त्यसलाई पनि उसका बाउआमाले लगे।’ डाक्टरले फेरि प्रश्न गरेछन् ‘किन लगेछन् नातिलाई, तपैंहरुलाई साथी त हुन्थ्यो नि।’
बृद्ध चुप्पो लागेछन्। बृद्धा आमाले भनिछन् – ‘फेरि आन्दोलन होला र नाति मार्देलान् कि भनेर हामीले नै पठाएको हो।’
बृद्ध आमाको जवाफ सुनेपछि डाक्टरको दिमाग रन्थनिएछ।
घटना सुनाउँदै डाक्टर भाइले मसँग भने, ‘दाइ, भदौको घटनाको इप्रेसन कस्तो छ परिवारमा बुझ्नु भो? त्यो दिन घर पुगेपछि पनि मेरो आँखामा त्यो बृद्ध जोडीको अनुहार नाचिरह्यो।’
स्रोत र क्षमताको यथार्थ मूल्यांकन नगरी सेवा विस्तार गरिँदा संकटमा परेको स्वास्थ्य बिमा कार्यक्रमलाई जोगाउन र दिगो बनाउन रणनीतिक सुधारका काम थालिहाल्नुपर्छ।
https://t.co/FrpFWqXwH8
✍️ होमनाथ गैरेको दृष्टिकोण @GaireHom#nepalnews#nepalinews#NepaliNewsToday#NNplus#नेपालन्युज
राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौं भन्ने मेरो अनुरोध जेन-जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं।
१) नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्ध बिक्रम र राजेन्द्र बिक्रम शाहको पाला सम्म आई पुग्दा चरम बिन्दुमा पुगी सकेको थियो। त्यसैको परिणाम स्वरूप नेपाली जनताले १०४ बर्ष सम्म निरकुंश राणातन्त्र बेहोर्नु पऱ्यो।
२) राणातन्त्र सुरु भए पछि प्रधान मन्त्री वीर शम्सेर कै पाला देखि गुटबन्दी सुरु भयो। उनीहरुले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग बर्गका राणाहरुमा बर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरु कमजोर भएर २००७ सालमा जनक्रान्ति द्वारा हटाईए ।
३) २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ साल सम्म संसदिय चुनाव हुन सकेन। त्यसको खास कारण त्यति बेला जन्मेका र जन्मदै गरेका राजनैतिक दलहरुको बिचमा खुट्टा तानातान भयो फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए। अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई बिघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए। त्यो अवसरको सृजना त्यति बेलाको राजतैनिक समुह बिचको गुटवन्दी र खुट्टा तानातानको प्रवृतिले सृजना गरेको थियो।
४) २०१७ साल देखि २०४६ साल सम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासन भित्र राजनैतिक दलहरु नभए पनि बिभिन्न गुटहरु थिए। सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरु थिए र आपसमा खुट्टा तानातान गर्थे। अनि राजखलक भित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरु थिए र राजा बीरेन्द्रको कदम लाई असफल पार्ने चालवाजी खेल्थे। त्यहि कारणले गर्दा पञ्चायती व्यवस्था कम्जोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो।
५) २०४६ साल देखि २०८२ सालको अचानक बिष्फोटन भएको जेन-जी आन्दोलन सुरु भएको दिन सम्मको इतिहास निष्पक्ष भएर बिश्लेसण गरौं र गर्नुहोस्। लोकतन्त्र आएपछि जेन-जी आन्दोलन सुरु हुँदा सम्म राजनैतिक पार्टीहरु बिच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ। त्यसैको परिणाम स्वरूप जेन-जीहरु र आम जनताहरु मिलेर विष्फोटन स्वरूप आन्दोलन गरेको हो। आन्दोलन जेन-जीहरुले सुरुवात गरेको भएता पनि आम जनताले सहयोग गरेका छन् किन भने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्वाद भएको देख्न नसकेर चरम आक्रोसित भएका थिए।
६) यो माथिको इतिहास हेरेर जेन-जीहरुले पाठ सिक्न अनुरोध छ। तपाईहरु भनेको एउटा निश्चित उमेरको युवाहरुको समुह हो । तपाईहरुको राजनितिक संगठन छैन। तपाईंहरुले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मुल पार्न चाहनु हुन्छ। अनि तपाईहरुले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पुरा गर्नको लागि तपाईंहरुमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाइहरु बिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदैछ। मातृभुमीको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्। धन्यवाद - महावीर पुन🙏🙏🙏🙏🙏🙏🙏🙏