The Constitution is Nepal’s soul — time may demand changes, but its essence of unity, rights & consensus is eternal. Our way forward: rise above power games, let the Constitution guide us, cooperation be our path, and stability our future.
My article has been published in the Unity Journal, published by the Directorate of Public Relations and Information of the Nepali Army. Please follow the link for full access of the research article.
https://t.co/myEIuUGbxK
पहुँचवाला, पैसावाला र भिआईपी भनिएकाहरु भटाभट कानूनको दायरामा आउन थालेसँगै आम जनतालाई पक्कैपनि कानूनी राजको अनुभुति हुन थालेको छ । यो शृङ्खलाले निरन्तरमा पाउनुपर्छ । हरेक प्रकरणको सत्य, तथ्य र निश्पक्ष रुपमा अनुसन्धान हुनुपर्छ । ताकी गल्ती गर्ने हिम्मत कसैले नगरोस् ।@NepalPoliceHQ
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री वालकृष्ण खाँण पक्रिएर प्रहरीले आफ्नो व्यवसायीक जिम्मेवारी पुरा गरेको छ, नीतिगत रुपमै मानव तस्करी गराउनेहरु कानूनी दायरामा आउनुपर्छ ।अहिले संगठनलाई जनताको विश्वास जित्ने उचित अवसर छ, दबाब र प्रभावको वास्ता नगरी सहि अनुसन्धान गरियोस्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा, थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानी गरेको अडियो फेला ।
टोल टोलमा छोटेराजाहरु जन्मिएपछि लोकतन्त्रीक मुलुकमा यस्तो पनि देख्नु पर्ने रहेछ । समाचार सम्प्रेषण गर्न पनि नगरपालिकाको एउटा शाखा सँग समन्वय गरि उनिहरुले भने जस्तो मात्र गर्नु पर्ने रे । सकिएन प्रभु ।
कानून कार्यान्वयन गर्ने निकायले पनि कानून मान्नु पर्छ । बालेनले यो ठी गरे । काठमाडौंको मैतीदेवीचोकस्थित सडक र फुटपाथ मिचेर निर्माण गरिएको भन्दै महानगरले चलायो प्रहरी विटमा डोजर
#Nepalpolice
नेपाल भन्दा सानो भुगोल भएको दक्षिण कोरिया अधिक स्रोत साधन भएको देश होइन। अद्योगिकरण, परिश्रम, लगनशिलता र उच्चतम प्रविधिको विकासले विश्वको नयाँ उदयमान शक्ति बनेको छ । छोटो समयमा भएको विकासको फड्कोले संसारलाई लोभ्याएको छ । यो विकास बाट हामीले पनि पाठ सिक्न जरुरी देखिन्छ ।
नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा महबुब आलम र आदिल अन्सारीसहित ३ जना पक्राउ परेका छन् । उनिहरुलाई मुलुकी अपराध संहिता अनुसार राज्यविरुद्ध कसुर अभियोगमा अनुसन्धान हुने भएको छ । दोषी ठहर भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवना हुने उल्लेख छ ।
#Nepal#Cricket
आशा गरिएकामाथि नै आक्रोशको आवाज उठ्न थालेको छ । सस्तो लोकप्रियताको लागि उद्दण्ड बन्दा आम मानिसको आशा र भरोषामाथि तुषारापात हुन्छ । बालेन, रबि, हर्क आशा गरेका जनप्रतिनिधि हुन्, जनाताको आशा निराषा नबनोस् । संयमित भएर काम गर्नु आवश्यक देखिन्छ ।
@hamrorabi@mayor_harka@ShahBalen
धरानमा चल्यो हर्क साम्पाङको डोजर, ढुंगामुढामा उत्रिए स्थानीयबासीः
धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि धरान उपमहानगरले डोजर चलाएको छ । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप भएको छ ।
गृहमन्त्रीले पटक–पटक भन्दा पनि प्रहरीले पक्राउ नगरेको रे... लाज लाग्नु पर्ने हो, दोषी संसदमा खुलेआम हिडेको छ, गृहमन्त्रालय प्रहरीले आदेश मानेन भन्छ । आदेश नमानेकै हो भने आदेश नमान्ने आइजीपीलाई कारवाही हुनुपर्छ नत्र यस्ता विज्ञप्ती निकाल्दा गृहमन्त्रीज्यूको नैतिकता रहँदैन ।
ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा.सन्दुक रुइत विश्वभर चर्चामा छन्। संसारकै सस्तो पद्धतिबाट मोतिबिन्दुको उपचार गर्ने ‘इन्ट्राओकुर लेन्स’को विकास गरेका उनले बहराइन सरकारबाट १०लाख डलर पुरस्कार पाएर नेपालीको शीर उच्च बनाएका छन्। गफ होइन मिहिनेतबाट ‘रियल हिरो’ बनेका रुइतलाई बधाई।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको अनुगमन गरेर आगमन कक्ष व्यवस्थित गर्न निर्देशन दिएछन् । क्याफेमा भइरहेको खुलेआम ठगी रोक्न तर्फ पनि मन्त्रीज्यूको ध्यान पुगे यात्रुले केही राहत पाउँथेकी...
#Airport
On Jan 11 Home Minister Rabi Lamichhane has said that he has instructed the police to arrest police murder accuser MP Lakshmi Mahato, BUT TODAY MAHATO IS IN PARLIAMENT. Likely Lamichane does not walk around with handcuffs in his pocket or difficult to recognize 😂