"उमेरले सबै कुरामा परिपक्व बनायो तर यो प्रेमको परिप्रेक्षमा म जान्दै छु जानेको छैन, म बच्चै छु ठूलो भएको छैन । आफुले गर्दा अरुलाइ केही अप्ठ्यारो भएको त छैन भनेर सोच्छु । खै यो समयको दोष हो कि मेरो ।"
#Thirdeye21
सुख समुन्द्र हो भने म त्यसको पिँधसम्म पुगेको थिए ।
सुख पहाड हो भने म टाकुरामा थिए ।
सुख प्रेम हो भने , हो म प्रेममा थिए ।
तर टाकुरामा सधै टिकिराख्न कोहि सक्दैन । पिँधमा रहिराख्न पनि मिल्दैन ।
- चमेलिको फूल बैजनी रुमाल
#Thirdeye21💜
जीवन भनेको सुख दुखको संगम हो छोरा, कोहि जति नै शक्तिशाली किन नहोस् दुखबाट टाढा भाग्न सक्दैन । आफ्नो कर्तव्य, जिम्मेवारी पूरा गर्ने क्रममा कहिलेकाही आफ्नै मन मार्नु पर्ने पनि हुन सक्छ।
- अदिरा
आउने दिन हिजोका दिन भन्दा फरक होस्
देशले नयाँ अनुहार पाएको छ । हामी सम्पुर्ण नेपालीको सुनौला दिनहरुको सुरुवात भएको महसुस गर्न सकेका छौ यसलाई निरुत्साहित नगरिदिनु होला । 🙏
#Thirdeye21💜
"थोरै भए पनि हिजो भन्दा आज लड्दा उठ्न सिकायो, हार्दा जित्न सिकायो, धैर्यवान बन्न सिकायो साथै सकारात्मक उर्जा तथा शक्तिका साथ बितोस आउने बर्ष २०८२ पनि ।"
- Thirdeye21💜
#HappyNewYear2082