आज रबि लामिछानेले बोलेका एक एक शब्द जनताको सम्मानको लागि थियो भन्दा फरक नपर्ला ।
यसै भनेका हैनन् जनताले कि मेरो एक भोटको contribution छ भनेर । @hamrorabi#great_to_hear_you
आज रबि लामिछानेको speech सुनियो ।
र मैले यति भन्ने हक राख्छु
एक योद्धा जन्मेको छ
जस्ले देशको जिम्मेवारी उठाउने हिम्मत गरेको छ
परिणाम हाम्रै आँखा अगाडि छ ।
भोट मेरो स्वैच्छिक अधिकार हो र त्यो अधिकारमा मैले स्वविवेक प्रयोग गर्न सक्छु
थोडी तिम्ले भन्दै मा किन दिने?
जुन चिन्हमा स्वस्तिक छाप लगाउदा मेरो हात काम्दैन त्यै हो छाप ।
बात कर्ते हे 🎙️
काङ्ग्रेस बद्लियो रे ।
हो त बद्लिएको हो ।
गुदि जे भएनी खोल फेरे पछि सकित हाल्यो केरे
पुरै नयाँ हो पुरै
खोल हेर्ने हो कोन्सा खोल भित्रको गुदि हेर्ने हो त 😂😂
म एक युवा जस्ले सहि के अनि गलत के मजाले छुट्याउन सक्छु । म स्कुल पढ्दै गर्दा रानिबास रौता सडक हाम्रै बाउ आमा बाजे बजैले कुटो कोदालोले खनी चामल र चनासङ्ग श्रम साटेर बनाएको हो जुन म लगभग 30 औँ बसन्तको सङ्घारमा छु अझै पनि पिच भैसकेको छैन।अब यो दोष म कस्लाई दिम् ।
हामिले हाम्रो स्थानीय तह विकास गर्न ,हाम्रो वडाको सम्मुनतको लागि त मेयर उपमेयर ,वडा अध्यक्ष अनि वडा सदस्यहरु चुनेर पठाएका छौ त । नीति निर्माण र सरकार संचालनका लागि भएको चुनावमा हाम्रो प्रतिनिधि सक्षम सबल अनि हाम्रो आवाज बोल्न सक्ने चुन्ने हैन र?
कसैले भन्दै थिए फलानो दलको मान्छे नजिकै बस्छ त्यसैले उसलाई भोट दिनु पर्छ । अचम्म मेयर हुँदा गाँउमा 500 मिटर पाइप दिदैमा भोट दिने पर्ने आधार के? जो कार्यकारी थिए त्यति त गरे । त्यो नि नगर्या भए ?अरु केके गरे त कार्यकारी हुँदा ? अनि 079 को चुनावमा हारेको हैन ?
ख्याल मजा भा'छैन 😂
उता पृथ्वीसुब्बा गुरुङ्ग ,केपि ओलि जस्ता जो सामाजिक संजाल बन्द गर्न लागि परे आज सामाजिक सन्जाल बाटै आफ्नो सन्देस प्रबाह गर्दैछन् एता जस्ले टिकटक बन्द गराए आज टिकटक मै चुनाबी बहस गर्न?राम राम घोर कलियुग 😂
श्रोत : RONB
नेता जि ले भन्न भ्याएछ नयाँका नाममा देशलाई प्रयोगशाला बन्न दिनु हुदैन। भलै नयाँले प्रयोगशाला नबनाउलान तर तिम्ले तीन दशक देशलाई तिम्रो कार्यकर्ता भर्ती केन्द्र बनाएको हाम्ले नदेखेको हो र?तिम्ले हार्यौ भने तिम्रो कार्यकर्ताको हरिबिजोक हुने देखिए पछी यति त भन्नै पर्यो नि हैन र?