न कम्जोर हुने छुट छ,न कमजोरी देखाउने ठाउँ छ,जे छन टुटेफुटेका मन भित्रै छन,जो छन सबैको सामुन्ने छन।अझै म आफैंलाई बुझ्ने कोसिस गर्दैछु।अरुलाई सम्झाउने र आफैंलाई पगाल्ने आदतहरु त मैले धेरै पहिला त्यागिसकेँ।😔😒😔
महाभारतमा अर्जुनले कृष्णलाई सोधे: विष के हो..?
कृष्णले सुन्दर उत्तर दिए, जीवनमा आवश्यक भन्दा बढी जे छ त्यो विष हो, चाहे त्यो शक्ति होस्, धन होस्, भोक होस्, लोभ होस्, घमण्ड होस्, आलस्य होस्, महत्वाकांक्षा होस्, प्रेम होस् वा घृणा..!!!
अहंकार केवल ती मानिसहरूलाई मात्र हुन्छ जसले बिना कुनै प्रयास सबै कुरा पाएका हुन्छन्,,
बाँकी जो आफ्नो खुट्टामा उभिन्छन्, तिनीहरूले आफ्नो जुत्ताको पनि कदर गर्छन्..!!!
शुभ प्रभात ❤️
जीवनका चार सुन्दर विचारहरू पछाडि फर्केर हेर्नुहोस् र अनुभवहरू प्राप्त गर्नुहोस्... अगाडि हेर्नुहोस् र सपनाहरू खोज्नुहोस्... वरिपरि हेर्नुहोस् र वास्तविकता खोज्नुहोस्... ��ित्र हेर्नुहोस् र आफूलाई खोज्नुहोस्..!!
२२ वर्षको केटा घर छोड्न चाहन्छ।
३२ वर्षको केटा घर फर्कन चाहन्छ।
४० वर्षको केटा घर बनाउन चाहन्छ।
५० वर्षको केटा एउटै घरमा बस्न चाहन्छ।
६० वर्षको केटा एउटै घरमा मर्न चाहन्छ।
कथाको मुख्य पात्र एकल केटा हो। तर सबै समस्याहरू एउटै घरसँग सम्बन्धित छन्...!!!