कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!
चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!
@NCPurnaKhadka होईन कति रोईलो गरेको ,बैधानिक लडाई थियो निर्णय भयो ,अरुले बनाएको होईन तपाईहरुले बनाएको बिधान हो अब समयको कालखण्डलाई स्विकार्दै अगाडि बढे राम्रो नत्र तपाईलाई पनि समयले पर्खदैन ।
रोड टु UFC सिजन ५ मा आफ्नो पहिलो खेल जित्न सफल MMA फाइटर रबिन्द्र ढाँटलाई हार्दिक बधाई। आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना। बझाङको बाघलाई छिट्टै UFC मा देख्न पाइयोस् भन्ने अपेक्षा गरेको छु । 🐅🇳🇵
म सस्तो दूध खोज्छु, ऊ महँगो रक्सी खोज्छ। म नशाबाट ब्युँझिन रगत-पसिना बगाउने सङ्घर्ष गर्छु, ऊ सधैँ नशामा लठ्ठिने बहाना खोज्छ। मेरो प्राथमिकता भोको पेटका लागि खाना हो, उसको प्राथमिकता रक्सीको तिर्सना र सितन हो।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (May Day) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। कार्यस्थल सुरक्षित होस्, पारिश्रमिक उचित होस्।
वेदना र हिंसाभन्दा माथि उठेर करुणा र सद्भावको बाटो रोज्नु नै बुद्धप्रतिको सच्चा सम्मान हो। बुद्ध जयन्तीको यस विशेष दिनमा रिस र राग त्यागी सबैको मनमा शान्तिको दीप जलिरहोस्।
साथै, प्रकृति पूजक किराँत समुदायको महान् पर्व उभौलीको उपलक्ष्यमा सम्पूर्णमा 'सेवाङ्ली' तथा हार्दिक शुभकामना व्यक्त गर्दछु। बुद्धको शान्तिको सन्देश र प्रकृतिप्रतिको हाम्रो मौलिक संस्कारबीचको यही समन्वय नै हाम्रो वास्तविक पहिचान र सुन्दरता हो।
हाम्रो संस्कृति, आपसी एकता र सामाजिक सद्भाव सधैं अटल रहोस्। शुभकामना!
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गर्न सफल नेपाली टोलीलाई हार्दिक बधाई, साथै आगामी खेलका लागी शुभकामना।
पोखराबाट मुग्लिङ रोडमा स्पिड लिमिट ३०-४० किमि प्रति घण्टा रहेछ अर्थमन्त्री भन्दै थिए १ घण्टा ३० मिनेटमा मुग्लिङबाट पोखरा पुगिन्छ ।बिचमा स्पिड हेरेर ट्राफिकले कार्वाहि गर्छ ।कसरी पुग्ने ??