जेन जीको नेतृत्वको आन्दोलन पुराना शिर्ष दलहरु सम्मिलित शक्ति केन्द्रहरुको चरम भ्रष्टाचार, नातावाद र कृपावाद विरुद्ध थियो । अहिले ती नै केन्द्रहरुका मतियारहरु आन्दोलनको प्रतिफल कब्जा गर्न पुनः टाउको उठाउन खोज्दैछन् ।
फेरि ती नै दल र तीनका ज्यानमारा नेताहरुलाई कठघरमा उभ्याएर कारवाही प्रकृया अघि बढाउनुको साटो देशले उल्टो ठाउं दिनुपर्ने माग हो ? कदापी हुन दिनुहुन्न ! अब अलमल नगरी जस्तै कठोर निर्णय लिएर भएपनि अघि बढ्नु साथी हो ! नत्र भित्री र बाहिरी चलखेल सुरु हुनेछ, आर्को नराम्रो दुर्घटना देशले सामना गर्नुपर्ने हुन्छ !!
ड्रोनबाट खिचिएको आजको मास।यो जुलुस २०४६ सालमा भुटानी शरणार्थी उतारेर गरेको आन्दोलन जस्तो होइन। नत यो २०६२/०६३ मा ८० करोड भारु भित्रयाएर गरिएको आन्दोलन जस्तो हो।यो स्वस्फूर्त आन्दोलन हो। यो बेबिकिङ,सास्कृतिक राजा संबैधानिक राजाको लागी होईन पृथ्वीपथका लागी हो । हेक्का रहोस् ।
समाचारका धेरैजसो माध्यम वस्तुनिष्ठ हुन छोडेका छन्; विश्वसनीयतामा खडेरी छ।चैतको टण्टलापुर घाम छ।राज्यशक्ति कब्जा गरेर बसेकाहरूको उन्माद
छताछुल्ल छ।
त्यसमाथि आज
अंग्रेजी पात्रो अनुसार १ अप्रिल।
पश्चिमा शैलीको देखासिकी गर्नेले ‘अप्रिल फुल’
भनेर मूर्ख बनाउलान्।
सावधानी अपनाऔं।
एउटा महत्वपुर्ण थ्रेड:
नेपालमा २०६२-६३ को जनआन्दोलन २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ गतेसम्म भएको थियो। यस आन्दोलनलाई जनआन्दोलन-२ पनि भनिन्छ। त्यो आन्दोलनको अगाडी गणतन्त्र थिएन र ठिक आन्दोलन कै बिचमा हिमाल खबर ले गरेको एक मत सर्बेक्षण (आर्काइब बाट)
"नवीन समझदारी"
र परिमार्जन सहितको
२०४७ सालको संविधानका लागि
मंगलमय शुभकामना!
"अब समय आएजस्तो छ,
जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु
तर जनताको इच्छा हुनुपर्छ!"
सिला खोजे जसरी खोज्दा त "प्रचण्डपथका अनुयायी"हरूलाई केही भेट्टाउन हम्मेहम्मे परिरहेको छ।
जब कि उनीहरू राजसंस्थाभन्दा हजार गुणा बढी भ्रष्ट, पापी, अपराधी, राष्ट्र र भावी पुस्ता घातीहरूको ज्यान फालेर आलोचनात्मक बचाउ गर्छन्।
यो देशमा राजाको सकृय शासन कसैले खोजेको छैन। तर यो देश ढिलोचाँडो भूराजनीतिक भुमरी र आन्तरिक द्वन्द्वमा फस्ने संभावना प्रबल छ।
इमान र ज्ञानका लागि सम्मानित स्वर्गीय बरिष्ठ अधिवक्ता गणेशराज शर्माले भने झैँ "राजसंस्था अँध्यारोमा बाल्ने टर्चलाइट हो।" मैले मेरो पुस्तकमा "कुशन संस्था" भन्ने शब्दावली प्रयोग गरेको छु।
देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मानमा बढ्दै गएको खतरा आजको दिनमा पनि कसैले न्यूनिकरण गर्न सक्छ भने त्यो राजसंस्था नै हो।
अब राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा पुग्न जति ढिलो गर्छौँ, त्यति छिटो यो देश भड्खालोमा पर्नेछ।
माओवादी पार्टी भोली रहला-नरहला तर २०४६ सालपछिको नेपालको सबैभन्दा सफल नेता प्रचण्ड हुन्।
प्रचण्डले देशभन्दा विचारलाई माथि राख्ने धनी, ज्ञानी, मानी/नागरिक समाज/समाज/मिडिया/राजनीतिक पार्टी/राजनीतिकर्मी -- सबैलाई घिसारेर आफ्नो पुच्छर बनाइसकेका छन्।
जसले जति नै अग्रगमनको फुर्ती लाएन पनि देश अहिले "प्रचण्डपथ"मा हिँडिरहेको छ, जसले कुनै हालतमा यो देश र भावी पुस्ताको हित गर्ने छैन।
त्यसैले स्थिति नियन्त्रण भन्दा बाहिर जानु अगाबै सबैले अहं र हठ त्यागौँ, आ-आफ्नो गल्ती महशुस गरौँ, शान्तिपूर्ण संक्रमणका लागि २०४७ सालको संविधानलाई आधार बनाएर, त्यसमा आवश्यक परिमार्जन गर्दै, राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा पुगौँ। #विचारभन्दामाथिदेश लाई माथि राखौँ।