एमाले पनि फुट्नु पर्थ्यो, फुटेन
काँग्रेश फुट्यो ठिक गर्यो
परिवर्तनकारी युवाहरू सबै एक ठाउँ भए देशले निकाश पाउला ।
अयोग्य बुढा नेतालाई हराऊँ युवाहरूले देश चलाऊँ ।
यो पैसाको युग, पैसाकै समय हो ।
जे गर्छ पैसाले गर्छ ।
सम्बन्ध, आफन्त, राजनीति, समाजसेवा, पद-प्रतिष्ठा, सीप-कला हुँदाहुँदा शिक्षा पनि पैसामा बिकेको समय/युग हो । आल्टुफाल्टु कुरा बकवास मात्र हुन् ।
मलाई राम्ररी थाहा छ मृत्यु अवश्यम्भावी छ। कसैले रोक्न सक्दैन । तर अल्पायु र अचानक हुने घटनालाई सहन र चित्त बुझाउन निकै कठिन हुँदोरहेछ । दैव सामु हारियो।घाउमा खत लाग्न पनि समय लाग्ला ।अलि विस्तारै सहज हुँदै जाला । यसैको असर मैले कसैलाई पनि समय दिन सकिन क्षमा प्रार्थी छु ।
पुरानो रैछ घाउ मुटुमा खिल देखियो
याद आउदा आँशु टिलपिल देखियो
मैले उसको वियोगमा दिन बिताउछु
उसको भने प्रेमको मेहफिल देखियो
झुक्किएर पनि सम्झन नपरोस् भन्थे
भुलेर पनि बिर्साउन मुस्किल देखियो
हिसाब मिलान गरौँ भन्दा सम्बन्धमा
धोका खाएको उधारो बिल देखियो
मेरो देउता हरायो मेरो मन्दिर हरायो
तिम्रो नाम लेखिएको तक्दिर हरायो
जसले म हराउदिन ढुक्कहुनु भन्थ्यो
आज उही मान्छे पनि आखिर हरायो
कैदमा बस्न भन्दा हिँड्छु भन्यो उसले
आँफ्नै खुट्टा काट्यो र जन्जिर हरायो
हार्दा हार्दा एकदिन यस्तो दिन आयो
अबदेखि उसले हार्छु भन्ने पिर हरायो