सामाजिक (अ)सुरक्षा काेष विभेदकारी छ; भएकाे सुविधा खाेस्छ; एकातिरबाट खाेसेर अर्काेतिर पक्षपाेषण गर्छ; अनिश्चित र अस्तव्यस्त छ । बाध्यकारी र निरंकुश छ । जसले धेरै कर तिर्छ उसैलाई अझै शाेषण गर्ने अन्यायपूर्ण छ । #BACKOFFSSF
बहुमतकाे सरकार, आफ्नाे पार्टीको संगठन, संसद, संविधान, विधिकाे शासन, संविधान, जलस्राेत, चुरे, शपथ, प्रधानमन्त्री र राष्ट्रपति पदकाे गरिमा, नागरिकता जस्ता बिषयकाे छाेटाे समयमै धज्जी उडाए केपी ओलीले । असली रूप त अब पाे देखाउँदैछन् जस्ताे छ ।
उज्ज्वल थापा जस्ताे युवापुस्ताकाे प्रतिनिधित्व गर्ने नेताकाे समय पक्कै आउँदै थियाे । नियतिले उहाँलाई कर्म गर्न मात्रै समय दिएकाे रहेछ । परम्परागत राजनीतिबाट माथि कसरी उठ्ने भन्ने कुरा भरपूर देखाउनु भयाे । हार्दिक श्रध्दाञ्जली प्रिय नेताज्यू 🙏
शिक्षा, स्वास्थ्य, यातयात, सफा वातावरण जस्ता जनताकाे आधारभूत आवश्यकताहरूमा गुणस्तरीय सुधार नभएसम्म गणतन्त्र वा अन्य कुनै तन्त्र आफैंमा कुनै उपलब्धि हुन सक्दैनन् । नेताहरूकाे अदूरदर्शी,भ्रष्ट र आत्मकेन्द्रित कार्यशैलीले गणतन्त्र, संविधान र विधिकाे शासनको खिल्ली उडाइरहेछन् ।
स्थिर सरकारले देशमा विकास गर्ला, देशकाे हितकाे लागि छिमेकीसँग अडान राख्ला भनेर जनताले बहुमत दिए । अहिले विकासकाेे नाममा शिलान्यास मात्रै । छिमेकीलाई कसले बढी आत्मसमर्पण गर्ने भनेर गुट-गुट बीच प्रतिस्पर्धा नै चलेकाे छ ।असल नेताकाे खँडेरी परेकाे हाम्राे देश ।
प्रचण्डलाई लाहुरे बनाई कतार पठाईदेऊ
बाबुरामलाई दाऊरे बनाई दुबई खटाईदेऊ
झलनाथ र माधबलाई साउदीको काममा
ओली र बामदेबलाई ईराकी घाममा
नारायण काजी र रामचन्द्र मलेसीया बजारमा
देऊबा दाईलाई अफगान रुपैया हजारमा
बल्ल अनी मुलुक बुझी राष्ट्र बोल्थे
नेपाल रैछ स्बर्ग भनी आखा खोल्थे ॥
देश अप्ठ्यारो मोडमा आइपुगेको छ् । जोखिम निक्कै ठुलो छ् । देशले संकलन गरेको अनुभब र् त्यस्ले सुझाएको नुस्खा समाबेश भएको “ क्रान्ति र प्रतिक्रान्ति “ पढ्न आग्रह गर्छु ।
कसैले भाग्गेमा लेखेर ल्याको छ भने @prabalgurung ले सिलाको सुट लाएर @chefsantoshshah ले पकाएको भोज ख्वाएर ब्याहा गरेर देखाउँच ! खासमा हाम्रा नेपालीले क्या ! 😂😜🙏