प्रेम गर्छु, माया गर्छु
यि शब्दहरु धेरै बोलिएको छ
धेरै पढिएको छ
र त गुनासो गर्छु
किनकि मन तिमीमै अडिएको छ
चुप लागेर बसे पनि
सम्झिन्छु
भावनाहरू तिमीमै जोडिएको छ
गहिरो मायाले मात्रै
मनको पहिरो रोकेन
माया त अग्लिदै
मुटुभित्रै ठडिएको छ
माया भएर त बोल्दैछु म..
#शुभप्रभात 🙏🌷💜
तिखो काँडाको पनि
एउटा मर्यादा हुन्छ
नछोइ घोच्दैन।
आगोको पनि
एउटा मर्यादा हुन्छ
नसल्काई जलाउँदैन।
मर्यादा हुन्छ
प्रेम र घृणाको
देश,काल
समय र परिस्थिति हुन्छ
कारक हुन्छ
र कारण हुन्छ।
भन त-
अकारण मलाई घृणा गर्न
तिमीलाई कुन मर्यादाले दियो?
मैले त केवल
प्रेम फिर्ता मागेको थिएँ!
😊
मन भरिएर आउँदा
छेवैमा होस् कोही
र चुपचाप सुनिदेओस्
मनको वेदना।
खुसी हुँदा
रमाओस् सँगसँगै
र अङ्गालोस्
आफूतिर तानेर।
कोही एक होस्
जो खास होस्
र आसपास होस् कठिनाइहरुमा
अनि
राखिदेओस् काँधमाथि
आफ्ना मायालु हात।
अरु के चाहियो र?
हावा चलिरहोस्
खोला बगिरहोस्
बस्
त्यत्ति भए पुग्छ।
😊
पुनश्च,
उस्तै छ सन्नाटा भित्रका चीत्कारहरु,
उस्तै छ यो दिन अनी त्रासहरु,
उस्तै छ मनमा रहेका अन्यौलताहरु,
उस्तै छ म हिड्ने गल्लिहरु,
उस्तै छ देशमा तानाशाहहरु,
उस्तै छ निमुखाको जिवनस्तरहरु,
थाहा छैन के फेरियो, न तिमी फेरियौ... वस जिवन थोत्रो भयो..!
मलाई थाहा छैन
प्रेम को परिभाषा
मलाई थाहा छैन
प्रेम को व्याकरण
वा कुनै इतिहास
मलाई थाहा छैन
अथाह प्रेमले,
भरिएको सब्द,
वस,
यति मात्र थाहाछ
तिम्रो विश्वास
सुरक्षित छ!
तिम्रो अङगालो
सुरक्षित छ
अन्तिम पत्र
सुरक्षित छ
हो त्यो सपना
सुरक्षित छ!😊