सरकार, हामी धनी भएर प्राइभेट अस्पतालमा उपचार गर्न गएको हैन। सरकारी अस्पतालको ढिलासुस्ती, बेतिथि, फोहर, स्वास्थ्यकर्मीहरुको रुखो व्यवहार सहँदा सहँदा दिक्क भएर, घण्टौं लाइन लाग्न नसकेर, समयमा उपचार नपाउने अवस्था भएर भएर हामी प्राइभेट अस्पताल जाने गर्छौं।
गाई, गोरु, हरिण, मयूर, डाँफे, गैडा, बाँदर, खरायो, गोही आदिको मूर्ति बनाउँदा चाँहि कसैले विरोध नगर्ने अनि सुँगुरको मूर्ति बनाउँदा चाँहि सबैले विरोध गर्ने? सुँगुर भनेर हेप्न पाइन्छ?
गत बर्ष त्यत्रो क्षति बेेहोर्यौ तै पनि ति्मिहरुको चेत खुलेन। यो साल असारको शुरुमै ठूलो झट्का दिइसक्यो। अझै पनि पहाड र नदीनाला डोजरले खोतल्दै प्रकृतिसगँ खेलबाड गर।
केटीहरु जन्मिदै नक्कली जन्मिन्छन् कि जन्मेपछि नक्कली बन्छन् भन्या?
आठ बर्ष पुगेको छैन TikTok मा नक्कल पार्न थाल्छन्। अनि बाह्र पुग्न पाएको छैन आमाको सारी चोरेर Photo shoot गर्न थाल्छन्। खै हामीले त बाबुको दौरा चोरेर कहिल्यै लगाइएन।
स्वास्थ्यकर्मी, सेना अनि प्रहरी मात्र यो देशको कर्मचारी हुन्? यी तीन निकाय मात्र काम गर्ने देश संकटमा परेको बेला? अरु कर्मचारीहरुलाई काम काम लगाउन हुदैन? अनि राजनैतिक दलका हनुमानहरु कुन दुलोमा लुकेका छन् अहिले? कि तिनीहरुको काम नेपाल बन्द गर्ने, गाडी, पसल तोडफोड गर्ने मात्र हो?
कोरोनो भाइरस अगाडि स्वास्थ मन्त्री भानुभक्त ढकाल मैले सुनेकै थिइन। बल्ल आजकल उनको बारेमा सुन्दैछु। उनको घर कहॉं रहेछ र कुन जिल्लाका जनताले उनलाई जिताएका रहेछन्?
🤔🤔🤔🤔🤔
ती आमाहरुलाई पनि त यति बेला आफ्नो छोराछोरीहरु घर फर्केर आओस् अनि घरमा सुरक्षित भएर बसोस् लाग्दो हो जसको छोराछोरीहरु सेना, प्रहरी अनि स्वास्थ्यकर्मी भएर देश र जनतालाई आपत् परेको बेला दिनरात नभनी काम गरिरहेका छन्। 😔😔
साला, नेपालीहरु कति अटेरी छन् भने कुरै नगरौं। सरकारले घर-घरमा ग्याॅंसको पाइप पुर्याइदिन्छु भन्दा पनि सयौंका सयौं ग्याॅंसका सिलिण्डरहरु आफ्नो घरमा जम्मा गरिरहेका छन्।
😅😅😅😅
पार्टीको झोला बोकी हिड्ने नैतिकता नभएका कर्मचारीहरुबाट सहज र सुलभ सेवाप्रवाहको के अपेक्षा गर्नु? अनि राजनीति गर्दै हिड्ने शिक्षकहरुबाट कस्तो शिक्षा र नैतिक ज्ञानको आशा गर्नु? राजनीति गर्नु छ भने राजीनामा दिएर स्वतन्त्र नागरिक भएर गर। तलब चांहि जनताको करबाट अनि काम चांहि दलको?
दैनिक रुपमा भइरहेको सडक दुर्घटनामा यसै बर्ष मात्र सयौं मानिसहरुले ज्यान गुमाइसकेका छन्। यस्तो दुर्घटनालाई कम गर्न सम्बन्धित सरोकारवालाहरुको ध्यान जाओस्। नेपालीहरुलाई अकालमा मर्नबाट बचाउनुहोस्। @hello_sarkar@NepalPoliceHQ@valleytraffic@PM_Nepal
कोलकाता जाने पानीजहाजको टिकट कता पाउछ होला? यो कालिकोटको दुर्गम गाउँमा बसेर free wifi चलाउदा चलाउदा वाक्क भएर झन् काठमाडौं आएको। यहाँ आएर metro मा घुम्दा घुम्दा चक्कर लाग्ला जस्तो भैसक्यो। यसो mood फ्रेस गर्न कोलकाता जाउ भनेको।