नागरिकता बिधेयक नेपाललाई सिक्कम बनाउने उद्देश्यले ल्याईएको हो, हालै भारतको भ्रमण त्यहि कारण भएको थियो । गठबन्धनलाई बधाई छ, लेण्डुप दोर्जे बन्न तछाड मछाड गर्नेहरु प्रधानमन्त्रि पद सँग नागरिकता साट्नेहरुलाई इतिहासले धिकार्ने छ । जय देउबा, जय प्रचण्ड, जय आर्जु ।
२०७९।०४।०३ गते दिउसो ३ बजे एर अरबियाको विमान बाट सुर्खतकी २५ बर्षीय चेलिको शव ल्याईदै छ । यो दुखद खवर भएतापनि आफ्ना परिवारका सदस्यको शव देख्न र अन्तिम संस्कार गर्न समेत नपाएका ति परिवारको पिडामा केहि मलहम लगाउने प्रयास गरेको छु ।
अनाधिकृत रुपमा मेरो नाम र फोटो प्रयोग गरि सामाजिक संजालमा लेखिएका स्टाटस प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता स्टाटसहरुमा कुनै सत्यता नरहेको जानकारि गराउदछु । यहि पोष्ट मार्फत सावधान पनि गराउन चाहान्छु आगामि दिनमा यस्ता कार्य भएमा कनुनि प्रकृयामा जान म बाध्य हुनेछु ।
संयुक्त अरब इमिरेट्सका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुम सँगको बिशेष भेटघाट । भेटमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा महत्वपुर्ण बिचारहरु छलफल भएको छ ।
भद्रपुर नगरपालिकाका स्थानियहरु सँग बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका सम्बन्धमा नेकपा एमालेका उम्मेदवारहरु सहित छलफल तथा अन्तरक्रिय कार्यक्रम ।
हल्दीबारीमा उपचार नपाएर सांग्लोले बाधिएर बस्न बाध्य युवकलाई उद्दार गरि आवश्यक उपचार र आर्थिक अभावका कारण उपचार गर्न नसकेको नागरिक स्वास्थ्य उपचारको ब्यवस्था गरिदिएको छु, झापाका जनता उपचार नपाएर वा आर्थिक अभावमा उपचार गराउन नसक्ने अवस्थाका नागरिकहरुका लागि म सधै सहयोग गर्न तयार छु
झापाको कचनकवल गाउँपालिका अन्तर्गत सतार्क बस्तीमा रहेका लोपउन्मुख राजवंसीहरु सँग उनिहरुको समस्या बारे छलफल गरी त्याहाँका बस्ती लाई नमुना बस्ती बनाउने, खानेपानीको समस्या भोगेका घरमा धाराको ब्यवस्थापन गरिदिने साथै तत्काल ३५ घरलाई स्वास्थ्य बिमा गरिदिने प्रतिबद्धता गरेको छु।
पूर्वप्रधानमन्त्री,राजनेता,श्रध्देय अध्यक्ष क.केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा,आयोजित सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रा.ली,सूर्यविनायक भक्तपुरको उद्घघाटन तथा बृहत् पार्टी प्रवेश कार्यक्रम ।