मानव शरिरको लक्ष्य पाप बाट बच्नु र धर्म गर्नु कदापि होईन । यस्को महत्व, उद्देश्य अनि लक्ष्य व्यापक ठूलो र महत्वपूर्ण छ । यस्लाई सजिलै बुझ्न अनि बुझाउन सकिदैन । 🙌
🫳…✍️✍️
साल फेरियो अनि📅पात्रो फेरियो हाल उस्तै छ !!
जिन्दगीले दिएको बिना उत्तरको सवाल उस्तै छ !!
बाध्यताले थिचेर साहू कहाँ घरखेत धितो राखियो
कहिले तोड्न नसकिने ऋणकाे पर्खाल उस्तै छ !!
समयले भारी बोकायो,बोझिलो जिम्मेवारी शीरमा
आज खाए भोलि के खाउ ? अनिकाल उस्तै छ !!🙏