अखिल असम गोर्खा छात्र संघ, उदालगुडी जिल्ला समितिको जिल्ला कार्यालयमा मिति अंग्रेजी 24-10-2021 आईतबार सम्पन्न भएको बर्धित कार्यकारिणी सभामा, खुसुराबारी हाबी आञ्चलिक समितिबाट, आञ्चलिक समितिका सम्मानीय सभापति, उप-सभापति, मूल-सचिब र शिक्षा-सचिबज्यु ले प्रतिनिधित्व गर्नु हुन्छ।
अखिल ���सम गोर्खा छात्र, खुसुराबारी हाबी आञ्चलिक समिति जम्मै गोर्खा जन-मानसमा दुर्गा पूजा / बड़ा दशैंको अवसरमा आफूहरुको सुख, शान्ति र प्रगतिको कामना सहित शुभकामना ज्ञापन गर्दछ।
स्वतन्त्रता दिवसको अवसरमा विगत मिति अंग्रेजी 31 जुलाई, 2023 मा कचुराबारी एम.ई. स्कूल बाट सेवानिवृत्त भएका चौथो वर्गका कर्मी श्रीमान डिम्बेश्वर दाहाल-ज्युलाई विद्यालय परिचालना समिति द्वारा आयोजित बिदाई संबर्धना सभा मार्फत KBHAC AAGSU - ले आनुष्ठानिक बिदाई दिन्छ।
कवि, साहित्यकार तथा गीतकार स्व: हरिभक्त कटुवाल - को ८८औं जन्म-जयन्तीको क्षणमा KBHAC AAGSU - वहाँ प्रति नमन् गर्दै श्रद्धा-सुमन अर्पण गर्दछ।
@KBHACAAGSU
अखिल असम गोर्खा छात्र संघ, रौता आञ्चलिक समितिका सभापति श्री महेन्द्र भेटुवाल ज्यूँका पितृ स्व: कुल प्रसाद भेटुवालको हिजो रात्रि देहान्त भएको खबर ले जम्मै आग्सु परिवारमा शोकाकुल परिवेश छाएको छ।
वहाँको विदेही आत्माको स्वर्गवासको निम्ति KBHAC AAGSU - ईश्वर समक्ष प्रार्थना ��र्दछ।
बृहत्तर खुसुराबारी हाबी अञ्चल बाट हालैमा घोषणा भएको असम उच्च माध्यमिकको निर्णायक परीक्षाको परिणामस्वरूप सफल हुने सम्पूर्ण वि���्यार्थीहरुमा KBHAC AAGSU - हार्दिक बधाई सँगै अशेष शुभकामना ज्ञापन गर्दछ।
@KBHACAAGSU
प्रत्येक साल झै यस वर्ष पनि उच्च माध्यमिक को अंग्रेजी 2023 वर्षको चुडान्त परीक्षामा प्रथम श्रेणी लिएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई होम विजिट गरी KBHAC AAGSU - ले बधाई दिन्छ।
यस वर्षको एस.एल.सी परीक्षामा बृहत्तर खुसुराबारी हावी अञ्चल बाट कुल 42 जना विद्यार्थी अवतीर्ण भएका थिए भने ��ुल 30 जना उत्तीर्ण भएका छन्। त्यस मध्ये, कुल 05 जनाले प्रथम श्रेणी, 18 जनाले दोस्रो श्रेणी र 07 जनाले तेस्रो श्रेणी हासिल गर्न सक्षम भएका छन्।