कसैको मनमा घर बनाउन कत्ती गर्हो हुन्छ ।
बिश्वासका एक एक इट्टा थुपार्दै जानु ,
आत्मियताले तिनलाइ जोड्दै जानू
अनि प्रेमका रंगले टिलिक्क टल्काउनु
जुग लाग्छ ।
सजिलो त कसैको नजर बाट गिर्नु छ ।
धोकाको एक धक्का होस
या शंकाको एक सुराक ।
छिन मै सिदिन्छ ।।😊
कुनै बिसौनीमा साथी छुटे,
कुनै बिसौनीमा आफन्त छुटे,
नछुटोस् भनेर छातीमै टाँसेकाहरु पनि कहीँ छुटे ।
यहाँसम्म ठीकै थियो ।
कस्तो जतन गरेर जोगाएको थिएँ आफैँलाई,
म आफैँसित खोइ कहाँ छुटेँ ?
Subin Bhattarai 🤗🤗