एक महिनाको गाउँ बसाइका केही घटनाहरुले मन उद्वेलित गरिरहेछन्!
केही दिन अघि एकजना छिमेकी भाउज्यू आउनुभो! सामान्य कुशलमंगलका कुरापछि भन्नुभो - 'छोरो एउटा कम्पनीमा काम गर्छ! बुहारी नातिनातिनी पढाउन शहरतिर बस्छे! म एक्लै गाउँमा बस्छु!'
अस्ति अर्की गाउँले भाउज्यू दुइजना साना नाति-नातिनी लिएर आउनुभो। कुरैकुरामा भन्नुभो- ' छोराहरु सबै बाहिर छन्। दुइवटा छोराका नाति-नातिनी त बोर्डिंगमा पढ्छन्! तर के गर्नु खै, यी दुइलाई चाहिं गाउँकै स्कूलमा पढाउनु परिराख्या छ!'
मन चसक्क भयो! आफुले यहीं स्थानीय विन्ध्यवासिनी स्कूलको प्रारम्भकालमा चौतारामा चकटीमा बसेर पढेको इतिहास सुनाउँदै सरकारी स्कूलमा पढेर पनि राम्रो गर्न सकिन्छ भन्ने तर्क गर्न खोजें। तर कुरा निकै गहिरो र संवेदनशील थियो।
निजी र सरकारी स्कूल वीचको बढ्दो दूरीले समाजमा विभेदको खाडल बढाउँदै गैरहेछ। यसले नयाँ द्वन्द सिर्जना गर्छ गर्छ। यसको छिटो अन्त्य गर्न राज्य र समाज दुवैले बेलैमा पहल गर्नैपर्छ।
पहिलो त राज्यले संविधानको अक्षर र भावना (letter and spirit) दुवैको कदर गर्दै कमसेकम माध्यमिक तहसम्मको शिक्षाको पूर्ण दायित्व लिनुपर्छ। दोहोरो शिक्षाप्रणाली पूर्ण खारेज गर्दै शिक्षालाई मुनाफाको क्षेत्र बन्न दिनैहुन्न।
दोश्रो, शिक्षामा लगानी वृद्धि गरेर र आमूल प्रणालीगत सुधार गरेर गुणस्तरयुक्त र जीपनोपयोगी शिक्षा सबैलाई उपलब्ध गराउनैपर्छ।
तत्काल गाउँका कुनाकाप्चाका स्कूलहरूको गुणस्तर बृद्धि गर्न स्थानीय तह, समुदाय र सबै सचेत नागरिकले आआफ्नो ठाउँबाट पहल गरौं।
मैले कखरा सिकेको र अधिकांश दलित तथा विपन्न वर्गका बालबालिका अध्ययन गर्ने स्कूल (विन्ध्यवासिनी आधारभूत विद्यालय, पालुंगटार न पा- १, गोरखा) लाई केही थान कम्प्यूटर लगायत आधुनिक प्रविधिमैत्री सिकाइसामाग्री प्रदान गरेर सहयोग गर्न सबै शुभेच्छुक साथीहरू र संस्थाहरूसंग विनम्र आग्रह गर्दछु।
सम्पर्क:-
फोन- +९७७-९८२५१००३०४
सन्तोष पोखरेल
अध्यक्ष, विद्यालय व्यवस्थापन समिति
#highlight #EducationForAll
टिप्पणी :
-संवादको अभाव र अवरोधको निरन्तरताले जनप्रतिनिधित्वको औचित्य नै समाप्त हुने जोखिम बढ्छ । असहमतिहरूबीच पनि पारस्परिक सम्मान र साझा आधार खोज्ने सभ्यतागत अभ्यास बहुमतको यान्त्रिक शासनको बलमिच्याईंले थिचिनु र निसास्सिनु हुँदैन ।
Commentary By- @sudarshan_kha#onlinekhabar #Balenshah #parliamentofnepal
https://t.co/TLzwY8JMl6
बदलिदो विश्व परिस्थितिमा हाम्रो परराष्ट्र नीतिका निर्णायक पक्ष भूराजनीतिक (geopolitical) र भूआर्थिक (geoeconomic) नै हुनेछन्। त्यस अर्थमा सत्ताधारी दलका सभापतिको भारत भ्रमणलाई अनावश्यक आशंका भन्दा सकारात्मक ढंगले नै बुझ्नु उपयुक्त हुन्छ।
गाउँले किसानको भाषामा भन्नुपर्दा राजनीतिक नेतृत्वले बाँझो फोर्ने, राज्यको नेतृत्वले सम्याएर रोप्ने र आम नागरिकले गोडमेल गर्ने तरिका अपनाउँदा नै कुटनीतिमा राम्रो फसल भित्र्याउन सम्भव हुनेछ।
साथै अब उत्तरी छिमेकी र उदीयमान विश्वशक्ति चीनसंगको सम्बन्धमा पनि विशेष ध्यान दिन सत्ताधारी दल र सरकार नचुकोस्।
वर्तमान बहुध्रुवीय विश्व र हाम्रो देशको भूराजनीतिक अवस्थितिको धरातलीय यथार्थलाई मध्यनजर गर्दै (कुनै आकस्मिकता नआइपरेसम्म!) क्रमश: भारत,चीन,अमेरिका र अन्य प्रमुख शक्ति राष्ट्रहरूसंग सुमधूर सम्बन्थ राख्ने नीतिमा सरकार दृढ रहोस्!
अरू कुरामा सार्वजनिक माथापच्ची गरेपनि परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गरौ!
#highlight #ForeignPolicy #RabiLamichhane #balendrashah #ShishirKhanal #NationalConcensusOnForeignPolicy #Geopolitics #Geoeconomics
नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने संकेत देखिनु विडम्वनापूर्ण छ।
अब कसैलाई पुरानै अस्थीरताको खेल खेल्ने र देशलाई गरीबी र वेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट छैन।
सरकारका गल्तीकमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिऊँ। उसले गर्न नसके अर्को निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो छँदैछ।
अनि हेक्का रहोस्, पुस्तान्तरण भैसकेको नेपाली राजनीति अब फेरि पुरानैतिर फर्कने सम्भावना छैन। नयाँको विकल्प झन् नयाँ मात्र हुनसक्छ।
#highlight #balendrashah #RabiLamichhane #NayaShakti
गाउँको आँगनमा बसेर विद्वान अर्थमन्त्रीको बजेट-भाषण सुन्दा निकै रोमान्चक अनुभुति!
शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक छ!
नीतिगत रुपमा नयाँ प्रविधीमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली, कर्मचारी आदिलाई बढी आकर्षित गर्ने खालको पनि छ।
मलाई पनि निजी रूपमा बुढीगण्डकी परियोजना लामो अन्योल र आशंका पछि मैले शुरूमा प्रस्ताव गरे झैं 'अधिकारसम्पन्न प्राधिकरण' मार्फत निर्माण गर्ने कुराले केही सन्तोष दिएको छ।
परन्तु गहिराइमा गएर बजेटको समग्र संरचनात्मक ढाँचा ( आय-व्ययको अनुपात, राजस्वको श्रोत, क्षेत्रगत विनियोजन, वित्तीय संघीयता आदि) हेर्दा निरन्तरतामा क्रमभंगता खाशै दृष्टिगोचर हुन्न।
त्यसैले यत्तिकैमा बजेट वक्तव्यमा भनिए जस्तो 'संरचनात्मक सुधारको नयाँ चरण' कसरी पूरा होला र?
तैपनि शुभकामना!
#highlight #NationalBudget #swarnimwagle #budhigandakiproject
१९ औं गणतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना!
नेपाली जनता पूर्ण रुपले सार्वभौम बनेको यो दिन नेपाली इतिहासको सबभन्दा गौरवशाली दिन हो। यसमा सबैले गर्व गरौं।
इतिहासको जगमा टेकेर नै नयाँ इतिहास निर्माण हुन्छ र देश तथा जनता समॄद्ध र सुखी बन्छन् भन्ने हमेशा ख्याल राखौं।
गणतन्त्रकोनिम्ति लामो संघर्षमा जीवन उत्सर्ग गर्नुहुने सबै महान् शहीदहरू अमर रहून्!
#highlight #HappyRepublicDay
बत्तीमुनि अँधेरो भने झैं मध्यपहाडी लोकमार्गको यो गोरखा पालुंगटार न. पा. अन्तर्गत सातदोबाटो-ठाँटीपोखरी खण्ड बर्षौंदेखि कछुवागतिमा अलपत्र परेर घिस्रिरहेको देख्दा दिग्दार लाग्यो!
आफ्नै गृह वडा भएर पूर्वको चिवाभन्ज्यांग (पाँचथर) देखि पश्चिमको झुलाघाट (वैतडी) सम्म पुग्ने यो आफैले घोषणा गरेको राष्ट्रिय गौरवको सडकवारे आफु सत्तामा रहदा वा नरहदा अनगिन्तिपटक सत्ताको शीरदेखि पुछारसम्मको ढोका ढक्ढक्याएको ढक्ढक्याएकै छु तर टसमस हुँदैहुँदैन!
गाइँगुइँ सुन्छु यसका मुखिया ठेक्दार सा'ब यति पहुँचवाला छन् रे कसैले तिनको रौं हल्लाउन सक्दैन रे!
जेन-जी विद्रोहको जगमा अपूर्व मतादेश सहित बनेको सरकारको ध्यान पुगोस्!
#highlight #midhillhighway #palungtar #CorruptionInNepal
नेपालका सुप्रसिद्ध न्यूरो-सर्जन डा. बसन्त पन्त र साथीहरूले शुरू गरेको गोरखा पानपा-१ स्थित आन्नपूर्ण एग्रो फार्मको रोमान्चक अवलोकन भ्रमण!
केही बर्ष पहिले कुरैकुरामा गोरखा पुर्खौली भएका डा. पन्तसंग सबैले आआफ्ना गाउँ र पुर्खौली थलोमा केही न केही आधुनिक समृद्धि प्रबर्द्धन गर्ने व्यवसायमूलक काम गरौं न भन्ने छलफल भएको थियो। अहिले वहाँ र साथीहरूको पहलमा कफी खेती लगायतका स्थानीय रोजगारी सिर्जना गर्ने र आय आर्जन गर्ने व्यवसायमूलक योजना गाउँमा कार्यान्वयन हुँदै गरेको देख्दा सन्तोषको अनुभूति!
विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेर सार्वजनिक प्रतिष्ठा आर्जन गरेका व्यक्तित्वहरूले यसरी नै आआफ्नो ढंगले गाउँ र पिछडिएका क्षेत्रहरूसंग जीवन्त सम्बन्ध कायम गरे हाम्रो जस्तो संक्रमणकालीन समाज र अर्थतन्त्रलाई अग्रगामी रूपान्तरण गर्न र ठुलो श्रमशक्तिको विदेश पलायन रोक्न निकै मदत पुग्नेछ।
हार्दिक शुभकामना!
#highlight #ruraldevelopment #coffeefarming #GorkhaDevelopment
झण्डै हप्ता दिन लगाएर गाउँको एकान्तमा आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण आदर्श पात्र आइन्सटाइनको चर्चित जीवनी तथा ब्रह्माण्ड-चिन्तन केन्द्रित पुस्तक EINSTEIN: His Life and Universe पढ्दा असीम आनन्दको अनुभुति!
थुप्रै बेस्टसेलर पुस्तकका लेखक Walter Isaacson द्वारा लिखित झण्डै सात सय पेजको यो किताब नेपाली लगायत हाम्रा राष्ट्रिय भाषाहरूमा पनि अनुवाद गरेर शिक्षण संस्थाहरू मात्र हैन घरघरमा पुर्याउन पाए हामी नेपालीको विश्वमै सबभन्दा पुछारमा रहेको औसत IQ (४२.९%)
ह्वात्तै बढाउन सकिन्थ्यो कि भन्ने मनमा लागिरह्यो।
पुस्तकमा भौतिक विज्ञानका कुरा मात्र हैन दर्शन,राजनीति, समाजशास्त्र,मनोविज्ञान लगायतका कुरा औपन्यासिक शैलीमा अत्यन्त रोचक ढंगले प्रस्तुत गरिएको छ।
सम्भवतः यसको पूरै फिल्म पनि कुनै दिन बन्नेछ। ओस्कार पुरस्कार विजेता अंग्रेजी चलचित्र OPPENHEIMER का कतिपय कुरा यसबाट लिइएको अनुभूति हुन्छ।
मानव इतिहासमा पहिलो पटक ब्रह्माण्डलाई वैज्ञानिक ढंगले बुझ्न सिकाएर मानवजातिलाई अतुलनीय गुन लगाउने र दिगो विश्व-शान्तिकालागि मानवकेन्द्रित समाजवादको विचार र विश्व-फेडरेसनको पैरवी गर्ने यी महामानवको ७६ बर्षमा निधनको वेला साथमा एकजना सहयोगी Helen Dukas मात्र रहेको र उही दिन भएको सामान्य अन्त्येष्टिमा १२ जना मात्र उपस्थित रहेको सुन्दा आँखा नरसाइरहन सकेन!
पुस्तक पढिसक्दा असीम श्रद्धाले मनमा यी अतिविनम्र महामानवको यो चर्चित वाणी गुनगुनाइरह्ये- 'I have no special talents; I am only passionately curious' ('मसंग कुनै विशिष्ट क्षमता छैन; खालि म तिर्खायुक्त जिज्ञासु छु')!
#highlight #Einstein #relativity #quantumphysics #UnifiedFieldTheory #WorldFederation
#ScientificHumanism
नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरण सहित बनेको नयाँ सरकार र नेतृत्वबाट जनताले निकै ठूलो अपेक्षा गरेका छन्! मैले अहिले गाउँको कुनाबाट चियाएर हेर्दा पनि त्यस्तै देखिरहेको छु। सम्बन्धित सबैको ध्यान पुगोस्!
अनि मूल नेतृत्वले महान् वैज्ञानिक न्युटनको यो चर्चित भनाइ निरन्तर स्मरण गरोस्:
"I can see farther because I stand on the shoulder of giants."
( "मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु।")
नयाँ युगको नयाँ विचार संश्लेषणनिम्ति पछिल्ला ज्ञानविज्ञानमा आधारित नयाँ किताबहरूको जोहो गर्दैं!
प्रारम्भमा मानवीय व्यवहारबाट सिद्धान्तको संश्लेषण; अनि सो सिद्धान्तको व्यवहारमा प्रयोग; पुनः सो व्यवहारको जगमा उन्नत नयाँ विचारको संश्लेषण ... ! यो चक्र निरन्तर अघि बढाएर नै मानव-सभ्यता यहाँसम्म आइपुगेको मानिन्छ! र अनन्तकालसम्म यो चक्र अघि बढिरहने मानिन्छ!
यसैलाई शायद 'वादे वादे जायते तत्वबोध..' भनिन्छ!https://t.co/b5VgStO2rF
समाज विज्ञानको क्षेत्रका सर्वश्रेष्ठ चिन्तक तथा आधुनिक समाजवादी विचारका प्रवर्तक कार्ल मार्क्स ( १८१८-१८८३ ) को जन्मजयन्ती ( मे ५) को अवसरमा सबैमा हार्दिक शुभकामना!
यस सन्दर्भमा केही बर्ष पहिले लेखेको "एक्काइसौं शताब्दीमा कार्ल मार्क्स" शीर्षकको केही अंश यहाँ शेयर गरेको छु! मार्क्सका विचारलाई अपरिवर्तनीय 'धर्मशास्त्र' हैन समयानुकुल प्रयोग र विकास गर्दै जाने समाज विज्ञानको रूपमा ग्रहण गरौं! विगतका असफलताहरूबाट सिक्दै नयाँ युगको नयाँ अवश्यकता अनुरूप नयाँ वैज्ञानिक मानवतावादी विचारको विकास गर्ने साहस गरौं! #KARLMARX #SOCIALISM #ScientificHumanism
नयाँ सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाउने तयारी गरिरहेको कुरा मूलतः सही छ। तर एउटा अत्यावश्यक मन्त्रालय असावधानीवश हो या जानीजानीकन छुटेकोमा त्यस क्षेत्रको विद्यार्थीको नाताले र देशको दिगो विकासको हितैषीको नाताले सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
त्यो हो - आवास तथा शहरी विकास/मामिला मन्त्रालय ( Ministry of Housing and Urban Development/Affairs )।
अमेरिका, जर्मनी,भारत, चीन, चिले, केन्या लगायत विश्वका विकसित र विकासशील अधिकांश देशमा छुट्टै आवास तथा शहरी विकास मन्त्रालय अत्यावश्यक मानिन्छन् र राखिन्छन्।
नेपाल जस्तो भर्खरै ग्रामिण र कृषिप्रधान अर्थतन्त्रबाट शहरी र उद्योग तथा सेवाप्रधान अर्थतन्त्रतिर संक्रमण हुन लागेको देशमा छुट्टै मन्त्रालय मार्फत् आवास र शहरीकरणको वैज्ञानिक व्यवस्थापन भएन भने आगामी दिनमा भयंकर संकट व्यहोर्नुपर्नेछ। हालैको सुकुम्वासी समस्या त्यसको एउटा ट्रेलर मात्र हो!
अर्कोतिर हिमाल,पहाड र तराईको अद्भूत भौगोलिक र पर्यावरणीय विविधता भएको हाम्रो देशमा शुरू देखि नै योजनाबद्ध र एकीकृत राष्ट्रिय (national), क्षेत्रीय (regional) र स्थानीय (local) विकासको खाका निर्माण गरेर कडाइपूर्वक कार्यान्वयन गरिएन भने यो शताब्दीको अन्त्यसम्म पूरै देश बाढीपहिरो, कंक्रिट जंगल र मरूभूमीले छियाछिया परेको कुरूप र बस्न अयोग्य स्थानमा परिणत हुन बेरलाग्ने छैन!
'एकीकृत भौतिक पूर्वाधार मन्त्रालय'को अवधारणा ठीक छ। तर त्यमा सडक,रेल लगायतका भौतिक पूर्वाधारहरू बढी पर्ने भएकाले र आवास तथा शहरी प्लस क्षेत्रीय विकासमा भौतिक मात्र नभएर आर्थिक,सामाजिक,सांस्कृतिक,मानवीय,पर्यावरणीय विकासका आयाम समेत रहने भएकाले विश्वभर आवास तथा शहरी विकासको छुट्टै राजनीतिक प्रशासनिक संयन्त्र निर्माण गर्नेगरिन्छ र हामीले पनि गर्नुपर्छ।
जहाँसम्म हामी तीन तहको संघीयतामा गइसकेकाले संघमा छुट्टै मन्त्रालय नचाहिने तर्क आउनसक्ने कुरा छ, आवास र शहरीकरण जस्तो बहुआयामिक विषयमा र नेपालको विशिष्ट भौगोलिक विविधतामा संघको एकीकृत नीतिनिर्देशन, योजना र श्रोत विना प्रदेश र स्थानीय तहले मात्रै तिनको सही व्यवस्थापन गर्न असम्भव हुन्छ।
अतः विज्ञ र विद्वानहरूले भरिएको मन्त्रीपरिषद्ले विवेकपूर्ण निर्णय गरोस्। #PMONepal #MinistryofHousingandUrbanDevelopment
किसान राष्ट्रिय भेलालाई शुभकामना!६०% जनसंख्या अझै कृषिक्षेत्रसंग जोडिएको नेपालमा कृषिक्रान्ति पूरा नगरेसम्म समृद्ध नेपाल निर्माण सम्भवै छैन ( भिडियो शुभकामना सन्देश)!https://t.co/517VasY5LH
हटाइएका सुकुम्वासी वस्तीहरूको भ्रमण र विस्थावित सुकुम्वासीहरूसंग भेटघाट पछि सरकारलाई नीतिगत र तत्काल तथा दीर्घकालीन कार्यभारवारे हाम्रो सुझाव!https://t.co/acLPKWiAqo
हालै विस्थापित भएका सुकुम्वासीहरुसंग भेटघाट । साथै अब्यबस्थित तथा असुरक्षित सुकुम्वासी वस्तीका वास्तविक सुकुम्वासीहरूको स्थायी वसोवासनिम्ति मेरो प्रमकालमा बनेको र पछिल्ला सरकारहरूले अलपत्र पारेको नागार्जुन इचंगुनारायणस्थित अपार्टमेन्टहरूको निरीक्षण! सरकारले अब कुनै किन्तुपरन्तु नगरी पहिचान गरिएका सुकुम्वासीहरूलाई यथाशिघ्र ती अपार्टमेन्टहरूमा सारोस्!https://t.co/G1XTcBz7Kq