खबरदारीका लागि धन्यवाद साथीहरु !
भ्रष्टाचारका मुद्दामा ५ वर्षको हदम्याद राख्ने प्रावधान हटाईयो र यो हटाउनुमा राजनैतिक सहमति वा चाहनाभन्दा पनि युवाहरूको बुलन्द आवाजको देन छ।
युट्युबमा भिडियो बनाएर सबैलाई जागरूक बनाउने युवा, फोन उठाएर कल गर्ने युवाको देन छ। देश युवाको हो। यसका लागि सबै श्रेय तपाईहरूलाई नै जान्छ।
अब भने अर्को महत्त्वपूर्ण कुरामा पनि यहाँहरूको ध्यानाकर्षण गराउन चाहन्छु - “नीतिगत निर्णय”को परिभाषा नहुनु हो। राष्ट्रिय सभाबाट उत्पत्ति भएको अर्को विधेयक - अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९ मा “नीतिगत निर्णय”को परिभाषा राखिएको छैन।
अख्तियार कै प्रतिवेदनले परिभाषित गर्नुपर्ने भनि वर्षैपिच्छे लेख्दा पनि परिभाषा नराख्दा भ्रष्टाचारको बाटो खुला नै रहनेछ। यसकारण अहिलेको भ्रष्टाचार निवारण विधेयक र अख्तियारको विधेयक दुवैमा “नीतिगत निर्णय”को परिभाषा राख्नैपर्छ। सचेत रहौँ।
इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङ जी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु। हामीलाई मत दिनु हुने र मत संगै ठुलो संदेश दिनु हुने सबै प्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै If ,But को सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।
अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसरमा भोलि (फागुन १ गते) बिहान ६ बजेको ‘साझा खबर’पछि ६ः३० मा सामुदायिक सूचना नेटवर्क (सीआइएन)को विशेष संवादमा मलाई सुन्न सक्नु हुनेछ। यो संवाद देशैभरका सामुदायिक रेडियोबाट प्रसारण हुँदैछ।
कर्णाली,सुदूरपश्चिम र भारतको उत्तराखण्डको यो सर्वाधिक प्राचीन लोकप्रिय संस्कृति हो,मानव उत्पत्तिको प्रमुख स्थान पनि मानखण्ड मानिन्छ।शिवको उत्पत्ति पनि यही स्थान भएको कारण अरब देशहरुमा पनि यस्तै आकृतिको संस्कृति देखिन्छ।✍️👇️👇️
अब कान्तिपुर मैले जवाफ दिइरहनु पर्ने हैसियतमा रहेन। तैपनि शुभचिन्तकहरुलाई भ्रम नपरोस् भनेर यति लेख्दै म सार्वजनिक सुनुवाइ मार्फत जनताको कठघरामा उभिदै छु।
सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन। कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो र त्यो काम मैले गरेको आरोप लगाएको छ र त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ।
मेरो प्रत्यक्ष संलग्नता हुन सुप्रिम सहकारीमा मेरो खाता हुनुपर्यो, अनि मैले त्यसका बचतकर्ताको रकम त्यसमा सारेको हुनुपर्यो, त्यसपछि त्यो सहकारीको खातामा रहेको रकम मैले गोरखा मिडिया नेटवर्कको बैँक खातामा सारेको हुनुपर्यो।
तर कान्तिपुरले न सुप्रिम सहकारीको कसको नाममा रहेको खाताबाट त्यो रकम ट्रान्सफर भएको भन्ने लेखेको छ, न मैले नै त्यो रकम बैँकमा जम्मा गरेको प्रमाण दिन सकेको छ।
खाता नै नभइकन कुनै सहकारीको रकम कसैले कुनै कम्पनीको बैँक खातामा ट्रान्सफर गर्न मिल्छ कि मिल्दैन भन्ने अति सामान्य कुरा देशको यति ठूलो मिडियाका पत्रकारहरुले नबुझेको कसरी मानौँ ?
तर हुँदो रहेछ। फगत् एउटा डिपोजिट स्लिपमा मेरो पनि नाम कसैले लेखेकै भरमा मेरो प्रत्यक्ष संलग्नता भएको ठूलो हेडलाइनसहितको समाचार बन्न यस्ता सामान्य आधारभूत तथ्यमा समेत विचार गरिएन। कसैले कैलाश सिरोहियाको नाममा कसैको बैँक खातामा रकम जम्मा गरिदियो भने दोषी त्यो मान्छे हुन्छ कि कैलाश सिरोहिया? फेरि बैँकले एक लाख रुपैयाँभन्दा बढी नगद खातामा जम्मा गर्दा डिपोजिट गर्नेको परिचय खुल्ने कागजात पनि माग्ने कुरा त सबैलाई थाहै भएको कुरा हो। एक करोड रकम जम्मा गर्नेको हस्ताक्षर वा पहिचान हुने कागजात बैँकले राखेन होला र? त्यसमा मेरो केही नदेखिएकै कारणले त लेखिएन होला।
समाचारमा नै सहकारीको रकम ट्रान्सफर गर्न सहकारीका कर्मचारीलाई लगाइएको लेखिएको छ। यसबाटै म यसमा प्रत्यक्ष संलग्न नरहेको पुष्टि हुन्छ। न म सहकारीको बचतकर्ता वा खातावाला हुँ, न सहकारीको पदाधिकारी। अनि मैले मसँग सम्बन्ध नै नरहेको सहकारीको रकम कसरी अर्को खातामा ट्रान्सफर गर्न लगाउने हैसियत राख्छु ? यति धेरै खोज पत्रकारिता गर्नेले रकम जम्मा गर्न लगाइएको व्यक्तिलाई कसले त्यसो गर्न लगाएको हो भनेर सोध्न पनि सकेन। जनविश्वास गुमाउँदै गएको आरोप लागिरहेको पत्रकारिताको केही त मान राख्दिनुस्।
बेलायतको उत्तरी आयरल्याण्ड, बेलफास्टमा १९० भन्दा बढी देशका प्रभावशाली युवाहरू सहभागी भएको युवा सम्मेलनमा नेपाली युवा राजनीतिज्ञहरुको प्रतिनिधित्व गर्दै
‘One Young World Politician of the Year 2023’ अवार्ड ग्रहण गर्न पाउँदा अत्यन्तै खुशी लगेको छ । यो अवार्ड सम्पुर्ण नेपाली, काठमाडौँ क्षेत्र नम्बर २ का मतदाता, राष्ट्रिय स्वतन्त्र पार्टी, लगायत सम्पुर्ण युवा वर्ग प्रती समर्पित गर्न चाहन्छु ।
@OneYoungWorld