@birat_anupam@MaheshP61052644 90% of hilly people had no rice for all 365 days.. They used to heavily rely on maize and millet.. Rice was limited which could fed them for barely 3 4 months. And they used to consume to little rice daily so that it last for a year.
*लघुकथा*
गाउँमा सबै मिलेर एउटा ठूलै डेरी फार्म खोल्ने निधो गरे। सबैले आफूसँग भएको बचतबाट सक्दो सेयर हाले। बैंकबाट ऋण पनि लिए। विज्ञ–परामर्शदाताबाट डीपीआरसमेत बनाइयो।
फार्म सञ्चालनको प्रारम्भिक तयारीस्वरूप गोबर फाल्ने कर्मचारीहरू भर्ना गरिए। गाईका टहरा बन्दै गर्दा गाई किन्न जाने टोली पनि बनाइयो। संयोगवश, उक्त टोलीमा गोबर फाल्ने कामका लागि भर्ना गरिएका कर्मचारीहरूकै बाहुल्य भयो।
टोलीले धेरै दूध दिनेभन्दा पनि कम गोबर निकाल्ने गाईको प्रजाति खोज्नुलाई प्राथमिकता दियो। तर त्यस्तो प्रजातिका गाई भेट्टाउन निकै मुस्किल पर्यो। त्यसैले डेरी फार्म सञ्चालनमा आउन ढिलो हुँदै गयो। उता, गोबर फाल्न भर्ना गरिएका कर्मचारीहरूको कामै सुरु नभए पनि तलब भने पाकिरह्यो।
डेरी फार्मको टोली अझै पनि कम गोबर निकाल्ने गाईको प्रजातिको खोजीमा छ।😀
(समाप्त)
सन्दर्भ: नेपालको विकास प्रक्रिया