आन्दोलन कस्तो हुन्छ? र अराजकता कस्तो हुन्छ? यी दुईबीचको फरक जान्न अहिले भारतको जन्तरमन्तरमा भइरहेको आन्दोलन र हाम्रो २४ गतेको घटनालाई हेरौँ र तुलना गरौँ। सहभागिता हेरौँ, माग हेरौँ, नारा हेरौँ, राजनीतिक संलग्नता हेरौँ, सुझबुझ हेरौँ, कुरा सुनौँ र त्यसको राजनीतिक आयामलाई विचार गरौँ।
२४ गतेले हामीलाई जे दियो, त्यसको भुक्तानी हामी त गर्दैछौँ नै, सायद नयाँ पुस्ताले पनि त्यो अराजकताको हिसाब तिरेर सक्नेछैन।
अवश्य नै म नयाँ चाहन्छु। तर नयाँ भनेको के हो? अहिलेको मूल प्रश्न नै यही हो। म नयाँ राजनीति चाहन्छु, र म नयाँका नाममा देखापरेको अराजकता, अहंकार, लफङ्गागिरी र आसेपासे सत्तालाई घृणा गर्छु।
घरेलु राजनीतिले आफ्नो धर्म छाडेपछि भूराजनीति आउँछ।
आफ्नै मिडिया कमजोर भएपछि विदेशी मिडियाले ठाउँ पाउँछ।
ठाउँ पाएपछि उसले आफ्नै कपटी भाष्यको गीत गाउँछ।
थिति र लय बिग्रेको राजनीतिमा समाजले दुःख पाउँछ। #नेपाल
कर्मचारी संयन्त्रमा सुधार नभएसम्म भ्रष्टाचार घटाउने र जवाफदेही सरकार बनाउने गफ मात्रै हो। तर यो पक्षमा बहसै हुन्न। त्यसैले कर्मचारी संयन्त्रका सकारात्मक/ नकारात्मक दुबै पाटो केलाउन उकेराले 'बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र' श्रृंखला शुरु गरेको छ।
https://t.co/rC7lv9smbL
आज विश्व भ्रष्टाचार दिवसका उपलक्ष्यमा मेरो केही अघि प्रकाशित लेख ः नैतिकता, सदाचार र अनुशासन
प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन https://t.co/5wckakbjpY
AI ले शिक्षामा ठूलो प्रभाव पार्नेछ। विषयवस्तु सिक्न प्रयोग गर्दा यो लाभदायक हुन्छ, तर केवल गृहकार्य गर्न वा उत्तर खोज्न प्रयोग गर्दा विद्यार्थीलाई हानिकारक हुन सक्छ भन्ने अनुसन्धानले देखाएको छ। AI बाट अधिकतम लाभ लिन शैक्षिक व्यवस्थापनमा सुधार आवश्यक छ, नत्र नेपालका खासगरी सार्वजनिक शैक्षिक संस्थाहरु पछि पर्न सक्छन्, र समाजमा विषमता अझ बढ्न सक्छ।
‘टेक–नेटिभ’ ले उठाएका मुद्दाहरू आवेग र उद्वेग होइनन्,न प्रतिशोध ईष्याका अभिव्यक्ति हुन् । उनीहरूले उठाएका कुरा आफ्नै पुस्ताका लागि मात्र पनि होइन, ती समग्र समाजका लागि शासन–प्रशासनको वंशाणु परिवर्तनका माग हुन् ।
प्रविधि पुस्ताले चाहेको प्रशासन https://t.co/rHPQtp14zn
नेतृत्व भनेको अवसरभन्दा जिम्मेवारी हो, लाभभन्दा त्याग हो, पेसा नभई सेवा हो, स्वार्थ नभई समर्पण हो । तर, त्यसो नुहँदा राष्ट्रका सपना, नागरिकका अपेक्षा र हामी सबैको भविष्य अनिश्चियतर्फ धेकेलिँदै आयो ।
कस्तो हुनुपर्छ हामीले खोजेको नेतृत्व ? https://t.co/461HzGkoII
संविधानका अक्षरमा प्राण भर्ने र क्रियाशील बनाउने पात्रहरुको सापेक्ष्यतामा संविधानको सार्थकता रहन्छ । संवैधानिक संस्कृति विकास गरेर यसलाई संस्थागत गर्ने काम पात्रहरुबाट भएन । संवैधानिक सर्वोच्चतालाई संरक्षण गर्न कोही नचुकौं । संविधान दिवसको शुभकामना । https://t.co/fsNZXTYN4u