सम्झिन खोजेर मैले सम्झिन नसकेका यी यावत् क्षणहरू सम्झिन मन छ । बदलामा मेरो सम्झनामा रहेको सम्पूर्ण जीवन बिर्सिन मन छ ।तर मैले सम्झिन चाहेको जीवन सम्झिन सक्तिनँ । केवल सम्झिरहेछु, बिर्सिन चाहेको जीवन ।
📃सेतो धर्ती
✒️अमर न्यौपाने
When someone sets you back and distracts you from your passion and goals, let it go for the sake of your life and progress.
"God has the record of every activity done by you and me"
-Peace 🕊️🙏
' के म तिमी जस्तो लेख्न सक्छु ? '
'सक्दैनौ'
किन ?
म जस्तो लेख्न त आफु जस्तै हुनु पर्छ । कोही अरु जस्तो भएर, म जस्तो कहा लेख्न सकिन्छ र ! फेरी म जस्तै लेख्ने त म छदै छु नि । तिमीले , तिमी जस्तै , भएर लेखे पुग्छ । '
के म सकौला ?
हतोत्साह गरेको होइन । आजको दिनमा त , तिमी त्यो पनि सक्दैनौ ।
किन ?
आजको दिनमा त तिमीलाई यो पनि थाहा छैन , सायद यो जुनीमा कहिल्यै थाहा नहुन पनि सक्छ , कि - तिमीसंग फगत केही अक्षर छन , लेखाई छैन । अक्षर र लेखाईकाबिचमा ; धरती र आकास जत्तिकै दुरी हुन्छ ।
त्यो दुरी कसरी कम गर्न सकिन्छ ?
आजलाई आफ्नो रोग थाहा पाउ , औसधीका कुरा पछी गरौला !
बंगलादेशकी पुर्व प्रधानमंत्री शेख़ हसिना भागेर भारत आएकी छिन । उनी बेलायतमा शरण लिन चाहन्छिन । तर बेलायत उनलाई शरण दिन अनिच्छुक छ । अमेरिकाले उनको भिसा रद्द गरेको समाचार छ । हसिनाको स्वागतमा सदा 'रातो कार्पेट' ओछाउने भारत पनि अब चाहन्न , उनी भारत मैं रहुन । ठूला देशहरु पनि साना मु��ु ��एका मान्छे जस्तै हुन । देशको चरित्र पनि मान्छेकै चरित्रको विस्तार त हो , वैश्य युगमा त झनै ।
काम लाग्ने संभावना नभएको मान्छेलाई कोही वास्ता गर्दैन । हिजोसम्म शेख हसिनालाई बंगलादेशको चामत्कारिक आर्थिक प्रगतिको नायिका भन्थे । विश्व नेताहरु स्वागतमा सधै तैयार रहन्थे ।
तर आज ... पुरानो नेपाली उखान फेरी एक पटक सत्य भएको छ - ' छन गेडी सबै मेरी , छैनन गेडी सबै टेडी '
फाइल तस्वीरमा बेलायतकी महा���ानी एलिज़ाबेथ बेलायतको राज दरबारमा प्रधानमंत्री शेख़ हसिनाको स्वागत गर्दै ।