प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूलगुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजीसँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे, सिक्न सके, धेरै थोक छ, यसमा, सबैका लागी।मात्र, ३ मिनेट ३२ सेकेण्डमा !
घन्टिले पाएको मत देखेर रास्वपा नेतृत्व आफैं पनि छक्क परेको होला । दन्त्यकथाको त्यो नायकझैं, जसको हातमा अनपेक्षित रूपमा साम्राज्य परेको थियो । रबि–बालेन पनि आंकलन गर्दै होलान - रास्वपाले पाएको मतादेशको साम्राज्यका सिमाना कहाँबाट कसरी सुरु भएर कहाँ सकिन्छन !
दसकौ अघि, सगरमाथाका प्रथम आरोही सर एडमण्ड हिलारीले मसँगको अन्तर्वार्तामा भनेका थिए – ‘सगरमाथा आरोहण आफैंमा ठूलो कुरा होइन । तर शिखरमा टिक्नु मुख्य कुरा हो । चुचुरोमा टिक्ने ठाउँ धेरै हुँदैन र अक्सिजन थोरै हुन्छ । यो कुरा पर्वतारोहणका लागि मात्र होइन, जीवनका हरेक क्षेत्रमा लागू हुन्छ, विजय ।’
पहिला कसैले पाउँदै नपाएको बहुमत चाही होइन यो । दुनियामा, दक्षिण एसियामा र नेपालमा पनि विगतका कैयौं उदाहरण छन् प्रचण्ड बहुमत पाएका उदाहरण —र त्यो मतादेशलाई सम्हालेर, संगालेर राख्न नसकिएका उदाहरण पनि त्यतिकै धेरै छन् ।
भोलिका कुरा भोलि नै गरौँला । आजको दिन रबि लामिछानेको संगठनात्मक क्षमता, बालेनको क्रेज र जनताले रास्वपालाई दिएको जीतको दिन हो । बधाई छ । सफलताको कामना छ ।
ओलीजी र गगन थापाजीको पराजय मामुली पराजय होइन । उनीहरु, आआफ्नो केन्द्रीय समितिका महत्वपूर्ण पदाधिकारी समेत जसरी ‘सुपडा साफ’ भएका छन्, यसले गम्भीर आत्मनिरीक्षणको माग गर्छ ।
मतदानको केही दिनअघि, अमरेश सिंहको अनुरोधमा कफीमा भेट सम्झन्छु । उनले मलाई भनेका थिए – ‘दाजु, मलाई तपाईंको आशीर्वाद दिनुहोस् ।’
म सोचमग्न भएँ । विनीत भावले कोही मसँग यस्तो कुरा माग्दै थियो, जो म उसलाई दिन सक्दिनथेँ । मैले भनेँ – ‘अमरेशजी, गगनसँग मेरा सम्बन्धहरू धेरै पुराना छन् ।’
‘मलाई थाहा छ दाजु । तपाईंले आफ्नो मिडिया शक्ति र प्रभाव जसलाई दिए पनि हुन्छ, आशीर्वाद चाहिँ मलाई दिनुहोस्। आशिर्वाद माग्न त म पहिला आएको छु नि ! म जितिन भने तपाईंलाई मुख देखाउँदिन ।’
त्यो सुनेर मैले अमरेश सिंहजीलाई हल्का झपारेँ – ‘यस्तो कुरा मेरा अगाडि नगर्नुस प्लिज । राजनीति ठूलो हो, चुनावमा जितहारको महत्व छ तर त्यो नै सबथोक होइन नि। जितहार त चलिरहन्छ नि । ’
आज आइतबार बिहान यो लेख्न बस्दा समाचार देखेँ – ‘अमरेश सिंहले गगन थापालाई हराए ।’
अंग्रेजी भाषामा एउटा शब्द छ Giant Killer – राजनीति र खेलकुदमा प्रयोग हुन्छ, जब कसैले कुनै धेरै ठूलो स्थापित खेलाडीलाई पराजित गरिदिन्छ । नेपालीमा अनुवाद गर्दा दिग्गज-विजेता भन्न सकिन्छ होला, डा.अमरेश सिंहलाई वा झापा ५ मा जित्ने बालेनलाई ।
म सक्रिय पत्रकारितामा छैन । जब थिएँ, तब पनि खासै थिइनँ । अल्बर्ट कामुको कृति ‘आउटसाइडर’ को नायक जस्तै। तैपनि, म कृतज्ञ छु पत्रकारिता विधाप्रति, जसले मलाई जीवनका कति धेरै रङहरू देख्ने मौका दियो ।
यो कोलम लेख्न बस्दा मेरो मनमा धेरै रङका मान्छे र क्षणहरू आउँदै छन् । मलाई लाग्छ, अहिले ती रङहरूले, सम्झनाहरुले मलाई थिच्दै छन् । मलाई लाग्छ, म एउटा लामो हिँडाइमा जानुपर्छ । त्यसपछि लेख्न अलि सजिलो हुन्छ ..
(भोलि सोमबार अक्षर र भिडियो दुबैमा प्रसारित हुने मल्टिमिडिया कोलम ‘अनकट’ का अंश)
२०६४/६५ को माओवादी र प्रचण्ड ।
२०८२ को रास्वपा र रवि ।
६४/६५ मा पनि दलाल, भ्रष्ट, गुन्डा सबै माओवादी प्रवेश गरे । माओवादीको आन्दोलन र जनताको आश खरानी भयो । प्रचण्ड त राजा हटाउने पात्र नै भइहाले ।
६४/६५ को माओवादीमा जस्तै २०८२ मा पनि दलाल, भ्रष्ट, गुन्डा सबै रास्वपा प्रवेश गरेका छन् । रवि पनि राजालाई च्यालेन्ज दिन थालेका छन् । "राष्ट्रिय एकता" र "राष्ट्रिय सहमति" कायम गरौँ भन्ने राजाको सन्देशलाई ठाडै अस्वीकार गरेका छन् ।
दलाल, भ्रष्ट र गुन्डाले घेरिएपछी मान्छेहरूले के के गर्छन् , ६५ यताको नेपाल हेरे पुगिहाल्यो ।
न यो मान्छे बिज्ञ हो, न सरकारि मान्छे हो !
अस्ति सम्म' हाम्रो माग के हो रे केटा हो' भन्ने मान्छे यसरि खुल्लम खुल्ला राज्यको संम्रचनामा हाबि भैराछ! ति कर्मचारिहरुको मनोबलको हालत के होला?
यहि पारा हो भने त गृह मन्त्रालयमै गएर रास्ट्र्का सबै गोप्यता चिरिप्प नपार्ला भन्न सकिन्न!😡