प्रत्येक नेपालीको खुशी, गौरव र सौभाग्यको क्षण !
आरोग्य नेपालका लागि आरोग्य काठमांडौं महानगर !!
A Moment of Happiness, Pride and Good Fortune for Every Nepali!
Wellness Kathmandu Metropolitan City for a Wellness Nepal!!
देशबाासीको पीडामा जीवन विज्ञान साथमा छ
रसुवा, नुवाकोट र धादिङमा बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ र सहकार्यको भावना प्रकट गर्दै जीवन विज्ञान परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। २५ लाख सहयोग हस्तान्तरण गरिएको छ ।
आज बिहान भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका क्षेत्रमा पुर्याएको ठूलो जनधनको क्षतिले अत्यन्त मर्माहत बनाएको छ ।
यस विपदामा देह उत्सर्ग गर्नुहुने सम्पूर्ण दिव्य आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । शोकसन्तप्त परिवारजनमा यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थनासहित हार्दिक समवेदना व्यक्त गर्दछु । बेपत्ता हुनुभएका सबैजना सकुशल भेटिनुहोस् र घाइते तथा प्रभावित सम्पूर्ण दाजुभाइ-दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभ होस् भन्ने परमात्मासँग प्रार्थना गर्दछु ।
प्रकृतिको प्रकोपले हामीलाई फेरि सम्झाएको छ—मानिसको सबैभन्दा ठूलो शक्ति संकटका बेला प्रकट हुने मानवीयता हो ।
यो समय त्रास फैलाउने होइन, सजग रहने हो ।
यो समय केवल दुःख व्यक्त गर्ने होइन, एकअर्काको हात समाउने समय हो ।
यो समय दोष खोज्ने होइन, जीवन बचाउने र सहयोग पुर्याउने समय हो ।
जीवन विज्ञानका सबै कल्याणमित्रहरू, आत्मीय मित्रहरू र सबै आध्यात्मिक महानुभावहरूलाई विपदाको यो घडीमा प्रभावित व्यक्तिहरूलाई आफ्ने तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग उपलब्ध गराउन अनुरोध गर्दछु । जे गर्न सकिन्छ तत्काल गरौं, र केही गर्न नसक्नेले पनि सकारात्मक सन्देश र प्रार्थनाको सन्चार गरौं ।
सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायहरू कठिन परिस्थितिमा जीवन बचाउन खटिरहनुभएको छ । उहाँहरूप्रति हृदयदेखि सम्मान र कृतज्ञता व्यक्त गर्दछु ।
परमात्माले विपदामा परेका सबैको रक्षा गरून् ।
शोकाकुल हृदयहरूलाई धैर्य प्रदान गरून् ।
र यो कठिन घडी पार गर्ने शक्ति सम्पूर्ण नेपाललाई प्रदान गरून् !
यी अनुहारहरूमा म नेपालको नयाँ भविष्य देख्दैछु !
आज सम्पन्न ऐश्वर्य विज्ञान कार्यक्रममा सहभागीहरूमध्ये यी सबै युवा ३० वर्षमुनिका हुन् । उनीहरूको आँखामा सपना छ, हृदयमा ऊर्जा छ र जीवनमा केही सुन्दर तथा अर्थपूर्ण गर्ने तीव्र आकांक्षा छ ।
उनीहरूसँग बसेर एउटा गहिरो अनुभूति भयो—
युवालाई केवल सफलता हासिल गर्न सिकाउनु पर्याप्त छैन, आफूभित्रको सम्भावना चिन्न पनि सिकाउनुपर्छ ।
केवल पैसा कमाउन होइन, ऐश्वर्य सिर्जना गर्न सिकाउनुपर्छ ।
केवल पेशा/करियर बनाउन होइन, चेतनापूर्ण जीवन निर्माण गर्न सिकाउनुपर्छ ।
ऐश्वर्य विज्ञानको उद्देश्य पनि यही हो—युवालाई आफ्नो जीवन पुनर्कल्पना (Reimagine) गर्न, पुनर्निर्माण (Reengineer) गर्न र आफूभित्र रहेको विराट् सम्भावनालाई कर्ममा रूपान्तरण गर्न प्रेरित गर्नु ।
अष्टलक्ष्मीको दर्शनले हामीलाई सिकाउँछ—समृद्धि केवल धन होइन । स्वास्थ्य, ज्ञान, साहस, प्रेम, सम्बन्ध, सेवा, सिर्जनशीलता, उद्देश्य र आर्थिक सम्पन्नताको सन्तुलित विकास नै वास्तविक ऐश्वर्य हो ।
म यी युवाहरूलाई विशेष आग्रह गर्न चाहन्छु—
ठूला सपना देख्नुहोस् ।
तर सपनालाई संकल्पसँग जोड्नुहोस् ।
संकल्पलाई अनुशासनसँग जोड्नुहोस् ।
अनुशासनलाई कर्मसँग जोड्नुहोस् ।
र कर्मलाई ध्यान र चेतनासँग जोड्नुहोस् ।
परम जीवन तन्त्रलाई आफ्नो दैनिक साधना बनाउनुहोस् ।
Life Mapping मार्फत आफ्नो भविष्यलाई स्पष्ट देख्नुहोस्, योजना बनाउनुहोस् र हरेक दिन त्यस दिशामा एउटा अर्थपूर्ण कदम चाल्नुहोस् ।
किनकि—
आजको सजग युवा नै भोलिको जागृत नेतृत्व हो ।
आजको उद्यमशील युवा नै भोलिको समृद्ध नेपालको निर्माता हो ।
आजको चेतनशील युवा नै भोलिको शान्त र सुन्दर विश्वको आधार हो ।
म चाहन्छु, नेपालको नयाँ पुस्ताले संसारसँग केवल रोजगारी नमागोस्—पूरै विश्वलाई आरोग्य बांडोस् ।
केवल सफलताको पछि नदौडियोस्—मूल्य सिर्जना गरोस् ।
केवल आफ्नो भविष्य नबनाओस्—देश र मानवताको भविष्य निर्माण गरोस् ।
यी उज्याला अनुहारहरू हेर्दा विश्वास अझ बलियो भएको छ—
नेपालको सबैभन्दा ठूलो सम्पत्ति हिमाल मात्र होइन, जागृत युवामा आएको आरोग्यको चेतना हो ।
आफू जागौँ । सम्भावना जगाऔँ । समृद्धि सिर्जना गरौँ ।
आफ्नो ठाउंबाट नेपालको आरोग्य विश्वभर फैलाउन मदद गरौं ।
#nepalwellnesshub #jeevanvigyan #nepalwellnessyear2027 #InternationalWellnessDay #TheAwakeningProject
You’re Invited to Begin a Journey of Wellness, Leadership, and Inner Transformation
What if just one day could inspire a healthier, calmer, and more purposeful life?
Join us for the Inaugural Ceremony of the STAR Summer 2026 Wellness Retreat, featuring internationally respected spiritual leader and life coach Gurudev LP Bhanu Sharma. This special gathering marks the beginning of a transformative retreat grounded in the timeless wisdom of the Himalayas and designed for today's fast-paced world.
Whether you are seeking greater balance, resilience, inner peace, or personal growth, this is an opportunity to invest in yourself and connect with a community committed to lifelong wellness.
✨ Highlights
• Guided meditation and mindfulness
• Breathwork and stress management
• Leadership and personal development
• Emotional wellness and resilience
• Wellness Ambassador certification opportunities
• Networking with like-minded professionals and community leaders
• Lunch will be provided
📅 Date: Friday, July 3, 2026
🕘 Time: 9:30 AM (ET)
📍 Location: Wyndham Gardens Manassas
10800 Vandor Lane, Manassas, VA 20109
🎟️ Seats are limited. Register today by scanning the QR code or completing the registration form:
https://t.co/ixrysZNxQM
Come experience an inspiring beginning to a journey of wellness, wisdom, and purposeful living.
#STARScholars #WellnessRetreat #LeadershipDevelopment #Mindfulness #StressManagement #Resilience #PersonalGrowth #Meditation #WellnessJourney #CommunitySupport #HimalayanWisdom #Manassas #Virginia
आज अन्तर्राष्ट्रिय योग दिवस
योग दुखमुक्ति र परमानन्द प्राप्तिको मार्ग हो । योगलाई ऋषिहरूले मानव जीवनको पूर्णता र आरोग्यको सर्वाधिक प्रभावकारी साधनको रूपमा विकास गरेका हुन् ।
आफूले योगको अभ्यास गरौं र अरू सबैलाई पनि योगको अभ्यास गर्न प्रेरित गरौं ।
अन्तर्राष्ट्रिय योग दिवसको मंगलमय शुभकामना !
जीवनमा धन अनिवार्य चाहिन्छ । तर ज्ञानको अभावमा न धन आर्जन हुन्छ, न सदुपयोग, न त टिक्छ नै !
Wealth is essential in life. However, in the absence of wisdom, wealth can neither be earned, nor properly utilized, nor will it ever last!
Today’s leaders and tomorrow’s leaders!
Aspire to have the height of courage and the depth of compassion. Here is how you go about it -
https://t.co/3swgltu9kP
A leader who is courageous but not compassionate will become a dictator. A leader who is compassionate but not courageous will cause families, organizations and countries suffer in misery and poverty. Members of such families will dessert them, such organizations will have high employee turnover and citizens of such countries will migrate to other countries.
Leaders of today should have both these qualities- courage and compassion.
Photos during dialogue on -
‘Leaders of Courage & Compassion: Transforming Institutions from Within’
At The Art of Living International Center in Bengaluru on May 11, 2026.
Video will follow.
All set to deliver a keynote dialogue on -
‘Leaders of Courage & Compassion: Transforming Institutions from Within’
At The Art of Living International Center in Bengaluru, @11.30 am today.
आर्ट अफ लिभिंग (Art Of Living), बैंगलुरू, भारतको नव-निर्मित ध्यान मन्दिरको भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूबाट उद्घाटनको कार्यक्रममा अतिथिको रूपमा भाग लिन पाउंदा हर्षित छु ।
विश्वका कुना-कुनामा ध्यान मन्दिर भए विश्व आफै व्यवस्थित, शान्त र समृद्ध हुनेथियो । युद्धहरु सकिने थिए र वशुधैव कुटुम्बकम् नै मूल मन्त्र हुनेथियो ।
Feeling happy to attend the special inauguration ceremony of the newly constructed Meditation Temple of Art Of Living at Bengaluru, India, as a guest.
If meditation centers can be built and operated in every nook and corner of this beautiful planet, the energy will be naturally managed with peace and prosperity. Violence and wars will no longer be there, and the globe will finally become one family.
जो अचल छ उही नै सबै चलायमानहरूको साक्षी बन्न सक्छ ।
त्यसकारणले, ईश्वरको खोज चलायमानभित्र रहेको अचल तत्वको खोजी हो ।
Only the One Unchangeable can be the witness of everything that’s changeable.
So, the search for God is the search of the Unchangeable.
मान्छेले सोध्छन् - सुख कहां पाईन्छ ?
यो गलत प्रश्न हो । आफू दुखी रहेर सुख कहां पाईन्छ र !
सही प्रश्न हो - म किन दुखी छु ?
यो खोजबाट दुखको कारणमा ध्यान जान्छ । अगाडि आनन्दको खजाना लुकेको छ ।
People often ask—where is happiness found?
This is the wrong question. If one remains unhappy within, how can happiness be found anywhere?
The right question is—why am I unhappy?Through this inquiry, one begins to notice the root causes of sorrow. Just beyond that realization lies a hidden treasure of bliss.
बुद्ध मात्र एक व्यक्ति वा समूह होइनन्—
उनि त जागरणका परम आन्दोलन हुन् ।
जब मानिस भीडबाट चेतनातर्फ यात्रा गर्छ,
त्यहीँबाट बुद्ध जीवनशैली सुरु हुन्छ।
जीवन विज्ञानको मूल सन्देश स्पष्ट छ—
समस्या संसारमा होइन,समाधान पनि संसारमा होइन…सबै कुरा हाम्रो चेतनाभित्र छ ।
बुद्ध हुनु भनेको संसार छोड्नु होइन,
अचेतनता छोड्नु हो ।
ध्यानमा बस्नु मात्र होइन,
प्रत्येक क्षण सजग भएर बाँच्नु हो ।
आजको युगमा मानिस जोडिएको छ—
तर भित्रबाट टुटेको छ।
सूचना बढेको छ—
तर अनुभव हराउँदै गएको छ ।
यही अवस्थामा बुद्धको आह्वान—
क्षण-क्षण सजग बन,
चेतनालाई श्वाससँग जोड,
आफ्नो वास्तविक स्वरूप चिन ।
जब व्यक्ति बदलिन्छ,
ऊर्जा बदलिन्छ ।
जब ऊर्जा बदलिन्छ,
समाज बदलिन्छ ।
बुद्धत्व कुनै परम्परा होइन—
यो चेतनाको क्रान्ति हो ।
जागृत मानवतातर्फको आरोग्य यात्राको मंगलमय शुभकामना !
कुनै सपना व्यक्तिगत हुन्छन्
कुनै सपना सामूहिक हुन्छन्
तर, कुनै सपना पूरै विश्वकै लागि या वैश्विक हुन्छन्
आज वैश्विक सपनाले पहिलो पाईला चालेको दिन !
आज सपना लामो संघर्षको हिलोबाट माथि उठेको दिन !
आज नेपालको आरोग्यको महिमा विश्वमाझ पुगेको दिन !
संयुक्त राष्ट्रसंघमा प्रथम आरोग्य दिवसमा आफ्नो प्रस्तुति पश्चात् !!
Some dreams are personal.
Some dreams are collective.
But some dreams belong to the entire world—they are truly global.
Today is the day a global dream has taken its first step.
Today is the day a dream has risen above the mud of long struggle.
Today is the day Nepal’s legacy of wellness has reached the world.
After making a presentation at the International Wellness Day at the United Nations!
प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६ को शुभकामना !
मानव सभ्यताले धेरै उन्नति गर्यो—तर एउटा गहिरो प्रश्न अझै बाँकी छ:
के हामी साँच्चै स्वस्थ, सन्तुलित र शान्त छौं ?
आरोग्य भनेको केवल रोग नहुनु मात्र होइन ।
यो हो—
शरीरको स्वास्थ्य,
मनको शान्ति,
भावनाको स्थिरता,
सम्बन्धको सद्भाव,
र प्रकृति एवॅ चेतनासँगको सन्तुलन ।
आजको युगले हामीलाई सम्झाइरहेको छ—
👉 साँचो समृद्धि बाहिर होइन, भित्रबाट सुरु हुन्छ ।
👉 साँचो शान्ति सम्झौताबाट होइन, चेतनाबाट जन्मिन्छ ।
यसै विश्वव्यापी चेतनाको आह्वानस्वरूप,
नेपालले अन्तर्राष्ट्रिय आरोग्य दिवस प्रस्ताव गर्दै
मानवता, शान्ति र दिगो विकासको लागि नयाँ मार्ग प्रस्तुत गरेको छ ।
🌏 एक विश्व । एक मानवता । एक साझा आरोग्य ।
🙏 यस ऐतिहासिक अवसरमा,
तपाईंलाई हार्दिक निमन्त्रणा छ—
📍 टुँडिखेल, काठमाडौं
📅 वैशाख २ गते (अप्रिल २०२६)
🕖 बिहान ७:३० बजे
आउनुहोस्,
एकसाथ बसौं,
एकसाथ सास लिऔं,
एकसाथ शान्ति अनुभव गरौं ।
किनकि—
शान्त संसार सम्मेलन कक्षमा होइन,
मानव मनमा निर्माण हुन्छ ।
आरोग्यबाट शान्ति, शान्तिबाट समृद्धि !
जीवनमा सुख-दुख केहि पनि छैन । सुख-दुख नितान्त मनको सृजना हो ।
व्यवस्थित मनले सुख सृजना गर्छ भने अव्यवस्थित मनले दुख । रोजाई आ-आफ्नो !
There is neither happiness nor misery in life. These are the creations of our mind.
An organized mind creates happiness and a disorganized mind creates misery. You choose what you want to experience!
रोग महंगो हुन्छ, धेरै पैसा र मान्छेलाई सकेर जान्छ ।
आरोग्य सस्तो हुन्छ, बिना खर्च आर्जन गर्न सकिन्छ !
Illness is costly, it takes away your savings and also your life.
Wellness is economical, you can earn it for free.
#wellness#JeevanVigyan#Spirituality
Yet another diplomatic milestone for Nepal! 🇳🇵
The UN General Assembly has adopted the resolution “International Wellness Day”, proposed by Nepal, designating April 15 each year as International Wellness Day.
The resolution underscores that health goes beyond the absence of illness—embracing physical, mental, social, cultural, emotional, and ecological well-being. It also promotes preventive care, healthy lifestyles, and inclusive health systems to build stronger and more resilient societies worldwide.
We sincerely thank all co-sponsoring countries and fellow Member States for their support and cooperation throughout the process.
#InternationalWellnessDay #Nepal #GlobalHealth #Wellness #UNGA