नेपाली कांग्रेसको १५ औ महाधिवेश सगै युवा पुस्ताले अब लोकतन्त्र, बिकास, समृद्धि, उधमशिलता, पुजि निर्माण, विश्व अर्थतन्त्र र काङ्ग्रेस भित्रको समाजवाद आदि जस्ता बिषयमा बहस गर्नेछन अनुभवी पाका नेतृत्वको सुझाब र अनुभव सुन्नेछन नेपालको लोकतन्त्र अझ मजबुत हुनेछ सुभकामना ।
पिरामिडमा आधारित नेटवर्किङ व्यवसायमा अनावश्यक प्रलोभनमा परि लगानी गरेर ठगीको शिकार हुने घटना बढ्दै गएका छन् । यस्तो कार्य गैह्रकानुनी रहेकाले सचेत बनौँ, ठगीबाट बचौँ, अरुलाई पनि बचाऔँ ।
पूर्वअर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयको संख्या र कर्मचारी दरबन्दी घटाएर स्वकीय सचिवालय विस्तार गर्नु उचित नभएको बताउँछन् । स्वकीयबाट प्रशासन र सुशासन राम्रो हुँदैन । भ्रष्टाचार नियन्त्रण पनि हुँदैन ।’
हिजो जसरी नेपालका प्रधानमन्त्रीहरु जलबायु परिवर्तन सम्बन्धि मुद्दा उठाउथे त्यसरी नै अहिलेका प्रधानमन्त्रीले जलबायु परिवर्तन सम्बन्धि मुद्दा उठान गरेका छन बिस्वले नेपालको आवाज सुनोस ।
मेरो देशको प्रधानमन्त्रीले के खायो, के लायो, कसरी हिड्यो भन्दा पनि बिश्व सामु आफ्ना कुरा कसरी राख्यो, के भन्यो त्यसले अर्थ राख्नेछ सबै नेपालीले त्यही अपेक्षा गरेका छन ।
मलाइ बिश्वास छ प्रधानमन्त्रीले नेपाल र नेपालिको शिर उच्च राख्नेछन ।
शुभ होस ।
कृष्णभीरमा लाखौँ पटक पहिरो गइसकेको होला। तर बढीमा चार दिनभन्दा धेरै सडक अवरुद्ध कहिल्यै भएको थिएन। १२० मिटरको कच्ची ट्र्याक २० दिन लगाएर खोलिएको छ। लाइफलाइनका रूपमा रहेको मुख्य राजमार्ग यतिका लामो समयसम्म खुलाउन नसक्नु लाचारीपन हो। तर यहाँ त उल्टै जयजयकार रहेछ।
तिजमा महिलाहरु माइत जाने गर्छन दर खाने बाल्यकालका साथीहरु सग भेट्ने नाचगान गर्ने स्वतन्त्रता महिला लाई तिजमा प्राप्त भयको हुनुपर्छ ।
श्रीमानकै लागि व्रत बश्ने श्रीमानको खुट्टाको पानी खाने जस्ता कुराले महिलाले प्राप्त गरेको स्वतन्त्रता हनन गरेको मेरो ब्यक्तिगत बुझाइ हो ।
निस्वार्थ रुपमा सुरु भयको थियो जेनजी आन्दोलन
१. तत्कालीन सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने,
२.सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गर्नुपर्ने,
३. राज्यका हरेक निकायमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने
मुख्य मागहरु यिनै थिय ।
बिद्यार्थीलाई जबर्जस्ति राधा कृष्णको ड्रेस लगायर आउन उर्दी जारी गर्ने बिधालय संचालकहरुसामाजिक संजालमा आफ्नो बिधालयको बिज्ञापन गर्नकै लागि यस्तो फण्डा रचेको कि अरुको देखासिखी गर्न ?