अहिलेको सरकारको बचाऊ आवश्यक छैन, तर कांग्रेस/एमाले/माओबादीले बिगतमा आफुमुखी बनाएको समाज र छिया-छिया पारेको प्रशासनिक ब्यबस्था हो, दुबैको असली रुप पछिल्ला दुइ घटनाक्रममा छरप्रष्ट भैसक्यो।
सरकारको उपस्थिति, उद्दार, राहत/ब्यबस्थापन सबै सामाजिक संजालमा सिमित,
चुस्त ब्यबस्थापनका नाममा ढिला-सुस्ती, सांसदहरुको भद्दा नौटंकी,
प्रतिपक्ष तथा पुराना दलको राजनीति र बिगतमा आफुले गरेको पुर्व तयारी चै लज्जास्पद।
हामी प्राकृतिक प्रकोपको जोखिममा हिजो पनि थियौ, आज पनि छौ र संधै रहनेछौ,
अब विपद आएर छटपटाउनु भन्दा यसको लागि एउटा दिगो समाधान खोज्नु जरुरी छ,
हिजो ७२ सालको भुइचालो आयो, हामीले विपद ब्यबस्थापन सम्बन्धि ठुला-चर्का कुरा गरेउ तर आज अवस्था यस्तो छ।
@Hariw0n गोसाईकुण्ड जाने भन्दा कैलाश जाने, ट्रीपर चलाउने, बोर्डर आसपास काम गर्ने, समान ओसार्नेहरु बढी परेका छन्, कैलाश सिजनले गर्दा टिमुरे/घट्टेखोलामा मान्छेको चहलपहल धेरै थियो!