नेपाली काँग्रेस पार्टीले पठन संस्कृतिको पुनः स्��ापना गर्ने प्रयास स्वरूप लाइब्रेरीको स्थापना गरेको छ। आज, प्राध्यापक कृष्ण खनालको पुस्तक 'बिपी कोइराला: चेतना, चिन्तन र राजनीति' मा नेपाली काँग्रेसका साथीहरूले गहन छलफल र बहस गरे। आगामी दिनहरूमा, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न विषयहरूमा पनि यस्ता छलफलहरू आयोजना गरिनेछन्। यसले हाम्रो बहसलाई थप सूचित र सशक्त बनाउने विश्वास छ।
आज जननायक बिपी कोइरालाको स्मृति दिवस!
यस अबसरमा आज पार्टी केन्द्रीय कार्यालयमा पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ हुंदै गर्दाका केही झलक!
यो केवल पुस्तकालयको रुपमा मात���र रहनेछैन विचार संप्रेषण र संवादको केन्द्र समेत हुनेछ।यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद!
What a way to clinch a bilateral series!
Two individual centuries from Anil & Bhim in a final match to make it a 3-0 series win against Canada.
Congratulations, Team Nepal ✨ #NEPvCAN
📸:@CricketNep
क्षेत्रका युवाहरूको रोजगारी र उद्यमशीलतालाई सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको Skill Up कार्यक्रमको पहिलो सत्र अन्तर्गत आज सांसद को कार्य���लयले MS Excel Workshop को आयोजना गरेको छ ।
The first session of the Skill Up series is here!
Skill Up is a monthly initiative of the Office of MP designed for the Youths of Kathmandu Constituency 4. The program aims to support the youths in the constituency by providing them with a platform that can help them nurture their skills for the job market and professional endeavors.
Skill Up is a monthly event conducted on two Saturdays each month. Every month, we will have experts guide our participants in learning skills that could benefit their professional lives.
We are starting the first session with Microsoft Excel this Saturday!
Excel your professional career with Microsoft Excel! Join us for the first Skill Up session on February 10 and 17. Scan the QR code or click the link to register !
https://t.co/Y3G3YpjUOA
सांसदहरुले आफ्नो भूमिका नखोज्ने हो भने सरकारले हेप्छ। सरकारको संसद प्रति डर र भर कायम राख्न, बजेटको प्रभावकारी कार्यान्वयनको लागी सांसदहरूले आफ्नो हातको अधिकार प्रयोग गर्नुपर्छ। #ParliamentOfNepal#Budget
नीति तथा कार्यक्रम ल्याउने समय बदलिनु पर्छ, बनाउने तरिका बदलिनु पर्छ, यस भित्र रहने अन्तरवस्तु पनि बदलिनु पर्छ। नीति तथा का��्यक्रममा संसद भित्र हुने छलफललाई अझै पनि यसै गरी अघि बढाउने हो भने, तिनलाई लिएर संसद भित्र छलफल गर्नुको कुनै औचित्य रहँदैन।
सरकारलाई गर्नु भएन भनेको हैन, सँगै गरौँ भनेको हो। हामीले काम गर्ने तरिका बदलिनै पर्छ।
सुशासन, विनियोजन विधेयक र बजेट
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा भुटानी शरणार्थीको प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान प्रशंसनीय छ। 'नेता होस कि, नाता होस' यस प्रक्रियामा दोषी कोही कसैले उन्मुक्ति पाउनुहुँदैन।
विनियोजन विधेयकका सन्दर्भमा ��बै बजेट 'लक' भएर छापिने अवस्थामा रहेको बेला भइरहेको छलफल कर्मकाण्डी जस्तो भएको छ। यो प्रक्रियामा सरकार र सदन जोडिनुपर्छ। हामीले यसमा अन्यत्रको महिनौँ अगाडि देखी छलफल गर्ने असल अभ्यास अनुसरण गरेर असल परिपाटीको सुरुवात गर्न सकिन्छ। विभिन्न विधामा बजेट विनियोजन भए पनि अपनत्व नभएका कारण धेरै कार्यक्रम अलपत्र छन। अर्थतन्त्रमा रोग लागेको समयमा बजेट निर्माणमा संरचनागत सुधारका लागी अर्थ��न्त्री ज्युले विश्वास दिलाउने गरी काम गर्नुपर्नेछ। अर्थमन्त्री ज्यु कठोर कदम चाल्न र जोखिम उठाउन तयार हुनुपर्छ ।
आज माघ १६ गते शहिद दिवस!
शहिदहरुले गरेकोे बलिदानी प्रति उच्च सम्मानका साथै जसले समाज रुपान्तरणका लागि राजनीतिक ब्यवस्था परिवर्तनको क्रममा सहादत प्राप्त गर्नुभयो उहाँहरु प्रर्ति हार्दिक श्रर्द्धासुमन।
प्रदीप दाइ हामी बिचबाट बिदा हुनुभएको एक वर्ष भइसकेछ।
यस बिचमा धेरै घटनाक्रमहरू ��ए, दाइलाई धेरै सम्झिए। प्रदीप दाइ भएको भए कसो गर्नु हुन्थ्यो होला, के भन्नु हुन्थ्यो होला? संसदमा उहाँको अभाव झनै खड्कियो।
उहाँसँगका प्राय भेटमा हुने विचार-विमर्श, किताब छलफल, उहाँले दिने सुझाव सधैँ स्मृतिमा रहनेछन्।
मेरा राजनीतिक तथा वै��ारिक पथप्रदर्शक प्रदीप गिरिप्रति हार्दिक श्रद्धासुमन!