“वर्खाको भेलमा माछा मार्न नजान्ने मानिसले पनि एक बोरा माछा मार्छ। तर मुख्य कुरा के हो भने, त्यो माछा स्वास्थ्यका लागि खान कत्तिको उपयुक्त हुन्छ भन्ने हो।”
सन्दर्भ: २०८२ निर्वाचन
प्रिय जनताज्यू,
यसपटकको चुनावमा भोट माग्न आउने उम्मेदव���रलाई एउटा प्रश्न अनिवार्य रूपमा सोधौं।
प्रश्न के हो भने—
आफ्नै छोरा–छोरी विदेश पठाउने नेता, देश बनाउने जिम्मा लिन्छु भन्छ—विश्वास गर्ने कि नगर्ने?
निर्मला बलात्कार र हत्याकाण्ड अझै पनि unresolved न्यायिक मुद्दा बनेको छ, जहाँ दोषीलाई कानुनीरूपमा स्पष्ट रूपमा कारबाही नभएकोले पीडित परिवार र समाजमा अझै न्याय नपाएको पीडा छ।
अहिलेको समय नै यस घटनाको न���ष्पक्ष छानबिन र न्याय दिलाउन सबैभन्दा उपयुक्त अवसर हो।
संस्कृति कि व्यापार?
श्रावणमा हरियो चुरा र कपडा,
जनै पूर्णिमामा राखी,
धनतेरसमा सुनचाँदी र भाँडाकुडा,
बिहे��ा तोलातोला सुनचाँदीका गहना…
यी कुनै पनि हाम्रो मौलिक नेपाली संस्कृति होइनन्
यी सबै व्यापारीहरूद्वारा सिर्जित चलनहरू हुन्,
जसको मूल उद्देश्य छ मान्छेको भावनामाथि व्यापार