मैले महसुस गरेँ
हरेक युद्धलाई शब्द चाहिँदैन,
हरेक सत्यलाई भीड चाहिँदैन
हारहरू प्राय मौन हुन्छन्,
केही शक्ति अदृश्य
र केही प्रार्थनाहरू
शान्तिमै उत्तर पाइरहेका हुन्छन्
तर मैले आफ्नो ठाउँ रोजिसकेको छु
जहाँ आवाज ठूलो छ
तर आत्मा गहिरोसँग साथ खोजिरहेछ
सम्मालहिदै भौतारिदै
निस् प्रान
जंगलको मौन सन्नाटा विच ऊ अघि बढीरहन्छ
पाङ्ग्रा घुम्छन् निरन्तर,
डर पनि ठाकेको छ याहा,
शरीरमा बल कम छन् ,
तर आत्मा बेजोड बलवान,
देखिने बाटो अन्नत टाढा,
तर
विश्वासले गन्तव्य घकेलि रहेको छ,
निस्प्रान,
अनि
निरन्तर ।।
शुरूमा म उज्यालो थिएँ,
उसको सबैभन्दा प्रिय थिएँ
उसैले मेरो नाम बिहानी राखिदियो—
र, म अनन्त आकाशलाई अभिवादन गर्न उठेँ
तर उज्यालोले पनि सिक्नुपर्दो रहेछ
हरेक क्रूर दिनले
हरेक कोमल बिहानीको घाँटी कसरी निमोठ्छ
बुझ्नुपर्दो रहेछ
यो कुरुचेत्र मा आज युद्ध चलिरहोश्,
नरोकियोश् ||
अभिमन्न्यू को बिरता,
कर्णको दुर्भाय अनि मनोअन्तराप,
कृष्णको बिस्वोरुप,
अनि
अर्जुन को नियती,
यो युद्ध ले आज
संसार लाई अनधकार बनाइदेओश !!
नरोकियोश्,
निस्लोट पानी ले बजाइए रहेको धिमे
नथामियोश आज बिजुली चम्कदाको उथ्सहा ||
यद्यपि म शिक्षक होइन,तर मलाई आज अएको शुभकामना मेरो जन्मदिनको भन्दा धेरै शुभकामना हो,सबै ले दिनु भएको प्रशंसा र माया ले मेरो लागि संसारको अर्थ लाग्छ
धेरै धन्यबाद सबैमा😍
🌕🐟