राष्ट्रिय सभाकाे गठन संरचना संशोधन जरूरी छ। प्रतिनिधि सभाले समेत छनौट गर्ने व्यवस्था जरूरी छ। प्रतिनिधि सभाकाे मध्यावधि निर्वाचनबाट हुने जनमत परिवर्तनकाे प्रतिनिधित्व राष्ट्रिय सभामा हुनु जरूरी छ। नभए प्रतिनिधिसभाले बनाउने सरकारले चाहे अनुसार काम गर्न सक्तैन।
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
आगामी आर्थिक वर्षको बजेटलाई जनमुखी र नतिजामुखी बनाउन अर्थ मन्त्रालयले यहाँहरूको राय-सुझाव वेवसाइट तथा पत्र मार्फत संकलन गरिरहेको छ। साथै, दिइएको QR स्क्यान गरी २०८३ वैशाख मसान्त सम्ममा यहाँले आफ्नो सुझाव पठाउन सक्नुहुनेछ।
#Budget2083#mofnepal
@grpokharel अब दायाँ बायाँ केही नगरी सबैलै नयाँ नेतृत्व स्वीकार गरी पार्टी सुदृढीकरणमा जुट्नु पर्छ, १५ ओै महाअधिवेशन सम्पन्न गरी नयाँ नीति र नेतृत्व चयन गर्नुपर्छ।अब पनि विशेष महाअधिवेशन स्वीकार गर्न नसक्नेहरू सामर्थ्य भए बेग्लै पार्टी खाेलेर जनविश्वास जित्न लाग्नु सबैकाे लागि हितकर हुन्छ।
@BimalendraNidhi यहाँहरूकै कारण आज पार्टी याे नाजुक अवस्थामा पुगेकाे हाे। गगनले हस्ताक्षर गरेकाे टिकट लिएर चुनाव लड्नु भयाे, अहिले नेतृत्व मान्दिन भन्नुहुन्छ,कमसेकम अलिकति लाज मान्नुस। सामर्थ्य र आँट भए बेग्लै पार्टी खाेलेर जनताकाे मन जित्नुस।
जनताकाे मतलाई षडयन्त्र देख्नेहरू आफुले पाएकाेे मतलाई के ठान्दा हुन् ? २०७९ मा नै जनताकाे मत चिन्न र बुझ्न सकेकाे भए त अहिले याे हालतमा पुग्ने नै थिएनन।
अर्की पक्षकाे अध्यक्षकाे हस्ताक्षरबाट चुनावकाे टिकट लिने, चुनाव लड्ने, भावी प्रधानमन्त्रीकाे रूपमा प्रचार गरेर भाेट माग्ने अनि अहिले हारेपछि भेला गरेर अध्यक्ष मान्दैनौं, स्वीकार्दैनौ, नानाभाति।निर्लज्जताकाे नमूनाकारूपमा यी नेताहरूलाई समाजले लिनुपर्छ। यस्ताले देश बनाउछन्, हैट।
बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएकाे १०० दिनकाे १०० सुधारकाे याेजनाले सबै क्षेत्रमा उत्साह ल्याएकाे छ, कार्यान्वयनमा सफलता मिलाेस, शुभकामना छ
https://t.co/mCp2fo47J0
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई ।
यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।
@ShahBalen
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लगायत मन्त्रीपरिषदमा नियुक्त सबै मन्त्रीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना । देशले यहाँहरूकाे याेगदानमा गर्व गर्न सकाेस 💐🙏
एलगाेरिदम,ईकाे चेम्बर,बसमा फिलिम हेरेर, विदेशबाट परिवारलाई दबाब दिएर चुनाव हारेका हौं भन्ने समीक्षा गर्दै बसियाे भने अहिले त जनताले थाेैरै बिउसम्म जोगाईदिएका छन तर १३/१४ महिनापछी हुने स्थानीय र प्रदेशकाे चुनावमा फल लाग्नु त कता बीउ पनि मासिएला।जनमतकाे सम्मान गरौै र सुधारमा लागौं।
मुलुक र पार्टीको कार्यकारी नेतृत्वमा रहेकाे व्यक्ति चुनावकाे साता दिन अगाडी बिदेश उड्छ, मतदान गर्न फर्कदैन, अझ उसैलाई प्रजातान्त्र प्रतिबद्ध भएकाे असल भनेर मान्दै अगाडि बढ्ने हाे भने राम राम बाहेक केही भन्न सकिन्न । बिदेशबाट नेपाली भाेट हाल्न यता आए, नेता भने विदेश उडे, के भन्नु।
नीति, विधि र शैलीमा सुधार गर्ने तर्फ लागौं । याे बनाउनका लागि प्रतिबद्ध नेतृत्वलाई आवेगमा प्रतिशाेध साध्न लाग्नु भनेकाे भएकाे साख पनि कमजाेर बनाउनु हाे,अझ ओरालाे लाग्नु हाे। १४ महिनामा नै स्थानीय तहकाे निर्वाचन आउँदै छ, विवेक पुगाेस ।